विद्याकी देवी सरस्वतीलाई पूजा आरधना गर्ने पर्व श्री पञ्चमी हिन्दुधर्मालम्वीले हर्षोउल्लासको साथ मनाउने गर्दछन् । माघ शुक्लपक्षको पञ्चमी तिथिमा श्रीपञ्चमी पर्व मनाईने गर्दछ । यस पर्वमा सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ जसलाई वसन्त श्रवण भनिन्छ । कवि जयदेवले रचना गर्नुभएको १५ श्लोकको पाठ गर्ने र श्रवण गर्ने भएको कारण श्री पञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
‘श्री’ भन्नाले विद्या, बुद्धि र वाणीकी देवी सरस्वतीलाई बुझिन्छ । श्रीपञ्चमीमा ज्ञान र विद्या प्राप्ती गर्ने स्रोत साधनलाई पुज्ने गरिन्छ । विशेष गरि विद्यालयमा जाने र विद्यार्थीले पुस्तक पूजा गर्ने दिन कोरोनाको कारण घरघरमा नै पुस्तक पुजा गरेर यो पर्व मनाईदैछ ।
प्रतिभाका पारखीहरु , विद्यार्थीकालको नयाँ अध्याय जस्ता कार्य शुरुवात गर्न आजको दिन उत्तम मानिन्छ ।