सुशील सुवेदी
स्याङ्जा , फागुन १०
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमा सम्पन्न हुने बताउनुभयो । स्याङ्जा पूर्व चापाकोट नगरपालिकाको प्रशासकीय भवन समुद्धघाटन गर्दै तोकिएको समयमा निर्वाचन गर्न सरकारले पतयारी गरिरहेको प्रधानमन्त्री देउवाले बताए । देउवाले भने , ‘निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो , यो निर्वाचन निष्पक्ष , स्वतन्त्र र भयरहित वतावरणमा समपन्न गर्न सहयोग गरौँ । ’सिमित स्रात र साधनको प्रयोग गर्दै स्थानीय तहले जनमुखी कार्य गरीरहेको देउवाको भनाई थियो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले ५ दलिय गठबन्धन निर्वाचनमा पनि आवाश्यक रहेको बताए । नेकपा एमालेलाई लक्षित गर्दै क्षेष्ठले भने , ‘प्रतिगमनकारी शक्तिलाई पराजित गर्न पा फ्याकेझै फ्याक्नुपर्छ ।’
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधान सभा सदस्य माननीय राजु थापाले
पहाडी भूगोल भित्र पनि समथर ठाउँ चापाकोटमा भएको बताउँदै नेपाली काँग्रेसको सरकारले कृषि प्रवद्र्धन गर्न आवाश्यक रहेको बताए । उनले भने , ‘वर्तमान सरकारले कालिगण्डकी डाईभर्सन कुनै पनि हालतमा रोक्न पहल गरोस् । ’
यसैगरी नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधान सभा सदस्य माननीय राजु थापाले
पहाडी भूगोल भित्र पनि समथर ठाउँ भएको कारण यस क्षेत्रमा कृषि प्रवद्र्धन गर्नुपर्ने , कालिगण्डकी डाईभर्सन कुनै पनि हालतमा रोक्नुपर्ने नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधान सभा सदस्य माननीय राजु थापाले बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल , गोलापमान श्रेष्ठ , गण्डकी प्रदशका शिक्षा संस्कृति विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलााल श्रेष्ठले पनी आफ्नो धारणा राखेका थिए ।
विसं २०७२ सालमा ५ करोड ५० लाखमा निर्माण कार्य सुरु भएको नगरपालिकाको भवन १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्याधुनिक र अपाङ्गमैत्री भवन निर्माण भएसँगै नगरवासीले छिटो छरितो सेवा उपभोग गर्न पाउने विश्वास लिइएको छ ।