headline 1गण्डकीराजनीति

स्याङ्जा एसका सचिव सहित दर्जनौ एमालेमा प्रवेश

एमालेको नीति र बिचारमा कुनै खोट नभएको बताउँदै गुरुङ भन्छन् ,‘ माधब नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नभएको पार्टी हो ।

पोखरा , वैशाख २०
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा पार्टी प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी भित्रको विभाजन सँगै एसमा गएकाहरु फेरि पुरानै घरमा फर्किनेको लहर बढेको छ ।
पोखरामा आयोजित स्वागत कार्यक्रममा नेकपा एस स्याङ्जाका सचिब तथा गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली सहित दर्जनौ एमालेमा प्रवेश गरेका हुन् । यस्तै ने क पा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाई , जिल्ला सचिबालय सदस्य मनोज बराल , जिल्ला कमिटी सदस्य मिलन सुबेदी र दिपक नेपाली ,एस निकट युवा संघका केन्द्रीय सदस्य बरुण चौधरी ,युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार , सचिव बुद्धिमान श्रेष्ठ , युवा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल प्रवेश गरेका हुन् । यता नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपाली पनि सोही कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई ने क पा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सिता सुन्दास लगाएतले पोखरामा स्वागत गरेका थिए ।
आँधिखोला पोखरा सम्पर्क मंचले पोखरामा आयोवजना गरेको स्वागत कार्यक्रममा उप—महासचिव गुरुङले प्रतिक्रीयावादीहरुको भ्रमको पर्दा बिस्तारै च्यातिँदै गएको भन्दै निष्ठावान कार्यकर्ताहरु देशैभरी एमालेमा फर्किने क्रम जारी भएको बताए ।
एमालेको नीति र बिचारमा कुनै खोट नभएको बताउँदै गुरुङ भन्छन् ,‘ माधब नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नभएको पार्टी हो । दक्षिणपन्थीहरु भासिदै गएको पार्टीको मुल्यांकन स्थानीय तहको निर्वाचनले गर्नेछ । ’
सो अवसरमा एमालेका केन्द्रीय सदस्य सदस्य सिता सुन्दास , एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु सुधिर कुमार पौडेल ,सोभियत ढकाल लगाएतले दर्जानौ युवाहरुलाई एमालेमा स्वागत गरेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.