माओवादी केन्द्रका वालिङ नगर कमिटी अध्यक्ष रमेश अर्याल सहित अन्य विभिन्न पार्टीका २१३ जना एमालेमा प्रवेश

माओवादी केन्द्रका वालिङ नगर कमिटी अध्यक्ष रमेश अर्याल सहित अन्य विभिन्न पार्टीका २१३ जना एमालेमा प्रवेश

स्याङजाको वालिङमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रका वालिङ नगर कमिटी अध्यक्ष रमेश अर्याल सहित २१३ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छ्न् ।आज वालिङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वालिङ नगर कमिटी अध्यक्ष रमेश अर्याल सहित २१३ जना नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङजाका सचिव राजेन्द« डुम्रेले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले वालिङ नगर कमिटिले आयोजना गरेको कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सचिव पदमा कुमारी अर्यालले सम्बोधन गर्दे पार्टीमा स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले वितग एक हप्ता भित्र ४०० जना भन्दा बढी एमलोमा नव प्रवेशी आइसकेकोले वालिङ नगरपालिकामा नेकपा एमाले जीत सुनिश्चित रहेको बताउनुभयो। जनताले केपी ओलीको पालामा भएको विकास निर्माणका कार्य सम्पादन जनताले राम्रो संग आत्मसाथ गरेकाले आम नागरिक एमालेको उमेद्धवारलाइ मतदान गर्न आतुर रहेको अर्यालको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.