headline 1गण्डकीदेश

सम्पर्कविहीन जहाजको दुर्घटना लेतेमाथि भएको आशंका

उक्त विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जना सवार थिए ।

मेरो दृष्टि संवाद्दाता
जेठ १५
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । विहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडान भरेको तारा एयर ९ ‘एईटी’ ट्विीनअटर विमान सम्पर्कविहीन भएपछि खोजीकर्य गरिएको थियो । स्थानीयवासीले ठुलो आवाज अएको र आगलागी समेत भएको खवर दिएपछि अहिले उक्त स्थानमा प्रहरी पठाइएको छ ।
उक्त विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जना सवार थिए ।
विमानमा चालक क्प्याप्टेन प्रभावकर घिमिरे , सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेकी थिइन् । यस्तै , यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
उडान भएको ३० मिनेटमामा उक्त जहाज ल्याण्ड हुनुपर्ने थियो । त्यसअघि समिट एयरको विमानले जोमसोममा सफलतापूर्वक उडान भरेको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.