headline 1गण्डकीदेश

७७ को सम्झौता ७९ मा शिलन्यास

पुलको शिलन्यास गर्दै पुर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिईन् ।

सुशील सुवेदी
स्याङजा १७ वालिङ
२०७७ सालमा सम्झौता भएको झलुङ्गे पुल २ वर्षपछि शिलन्यास भएको छ । स्याङजाको दुई पालिका जोडने सिम्ले —सिरबानी — अँधेरीखोला झलुङ्गे पुल संघिय सांसद तथा पुर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलन्यास गरीन् । वालिङ र भीरकोट नगरपालिका जोड्ने पुल कोरोनाको कारण देखाउँदै निर्माण व्यवसायीले ढिला सुस्ती गरेका थिए । पुलको शिलन्यास गर्दै पुर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिईन् । यो पुलले भीरकोट र वालिङ नगरभित्र आँधीखोलापारीका जनताको दैनिकीमा परिवर्तन ल्याउने बताउँदै अर्यालले भनिन् , ‘ म मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुई पटक सम्म सर्वे गराएर फाईनल गरेकी थिएँ । निर्माण कार्यमा ढिला सुस्ति भयो । अव समयमै यो पुल सम्पन्न हुनुपर्दछ । ’
यो पुलको निर्माण कार्य सम्पन्न हुँदा भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, सिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । उक्त स्थानका विद्यार्थीहरुले २ घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागी आउनुपर्ने बाध्यता थियो ।
पुल निर्माणका लागी बिएलटि कन्र्टक्सन प्राईभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी शुरु गरेको हो । उक्त पुल यही मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २५० मिटर लामो हुन सम्भौतामा उल्लेख छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.