Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
नविन सोच भएका उद्यमीलाई प्रोत्साहन गर्दै , भीरकोट – मेरो दृष्टि
headline 2

नविन सोच भएका उद्यमीलाई प्रोत्साहन गर्दै , भीरकोट

मे.दृ संवाददाता
२४ माघ

स्याङ्जाको भीरकोट नगरपालिकाले नविन सोच भएका कृषक तथा उद्यमीहरुलाई प्रोत्साहन गर्ने भएको छ । नविन सोचका साथ स्वरोजगार बन्न लागि परेका पालिका भित्रका उद्यमीहरुलाई सहयोग र प्रोत्साहन गर्न शुरु गरिएको नगरप्रमुख गोविन्द कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘पालिका भित्र नविनतम कामको शुरु गर्न चाहाने युवाहरुलाई सहयोग र सहजीकरणको काम शुरु गरिएको छ ।’

भीरकोट नगरपालिकाले युएनडिपी सहकार्यमा सञ्चालनमा ल्याएको ‘उद्यमशीलता व्यवसाय प्रर्वद्धन तथा नवप्रर्वतन केन्द्र इबिक’को सहजीकरणमा उद्यमी तथा नविन सोच भएका युवाहरुलाई स्वरोजगार बनाउने र शुरु गरेको उद्यममा टिकाई राख्ने कामको शुरु गरिएको हो ।

बिदेशबाट फर्किएका तथा नविन सोच भएका युवाहरुका लागि पालिकाले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको नगरप्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

पालिकामा सञ्चालनमा रहेको हरित पुन:उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजनाको समिक्षा तथा ईबिकको दीगो सञ्चालनका बारेमा योजना निर्माण बैठकमा बोल्दै नगरप्रमुख कर्माचार्यले ईबिकको प्रभावकारिता बढ्दै गएको जानकारी गराउनु भयो ।

यसैबीच नविन सोच सहित काम शुरु गरेका उद्यमीहरु, पालिका तथा युएनडिपी बिच अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै युएनडिपी नेपालका प्रादेशिक प्रमुख(गण्डकी तथा लुम्बिनी प्रदेश) सुदिप अर्यालले दीगो विकासको लक्ष्य अनुरुप वातावरण मैत्री कामका लागि नगरपालिकाले गरेको कामको प्रशंशा गर्नु भयो । उहाँले भन्नुभयो,‘नगरपालिकाले ईबिक शाखा मार्फत उद्यमशीलता,व्यवशाय प्रवद्र्धन र नविन सोचको व्यवाहारिक प्रयोगका लागि गरिरहेको प्रयास राम्रो छ ।’

दीगो विकासको लक्ष्यको नेपालले स्थानीयकरण गरेको जानकारी गराउदै उहाँले भन्नुभयो,‘योजना निर्माण तथा बिकास निर्मार्णको कार्य दीगो बिकास मैत्री हुँदै गएकाछन् ।’

बिषादी रहित अर्थात अर्गानिक तरकारी तथा खाद्यान्नको सेवनले मानव जीवनमा पार्ने सकारात्मक पक्षका बारेमा आफ्नो भनाई राख्नु हुँदै अर्यालले जैविक मलको उत्पादन र प्रयोगका बारेमा जानकारी गराउनु भएको थियो ।

अगार्निक गड्यौले मलको उत्पादन र प्रयोगले मानवजीवन स्वस्थ हुनुका साथै गतिलो आम्दानी समेत गर्न सकिने जानकारी गराउनु भयो । जैविक मलको उत्पादन गरेर व्यवशायीक बन्न समेत सकिने अवस्था रहेको उहाँको भनाई छ ।

अर्यालले उद्यमशीलता व्यवसाय प्रर्वद्धन तथा नवप्रर्वतन केन्द्र इबिक को अवधारणा, महत्व र सञ्चालनका बिभिन्न पाटाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले उद्यम अनुकुल नगर बनाउनका लागि यूएनडिपीसँग सहकार्य गरिरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो,‘ईबिक मार्फत उद्यमशीलताको बिकास सँगै नविन सोचको व्यहारिक प्रयोगको काम नगरपालिकाले गरिरहेको छ ।’

कार्यक्रममा नविन सोच भएका तथा उद्यमी बन्न अगाडि बढिरहेका युवाहरुलाई सम्मान समेत गरिएको छ । उनीहरुलाई स्र्टाटअपका रुपमा प्रत्साहन बापत रकम प्रदान गरिएको प्रमुख प्रसासकीय अधिकृत पौडेलले जानकारी गराउनु भयो ।

ईबिक मार्फत नविच सोचको छनोटमा परेका २५ जनालाई नगद १२ हजार २ सय र उद्यमीहरुमा पर्नुहुने फर्म संचालक तथा व्यक्ति २५ जनालाई नगद १२ हजार प्रदान गरिएको छ ।

परियोजनाको समिक्षा, निर्देशक समिति बैठक तथा अन्तक्रिया कार्यक्रम गरी दुईचरणमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी, भिरकोट ७ का वडा अध्यक्ष तारा प्रसाद अर्याल,परियोजना संयोजक हरि प्रसाद रेग्मी, लक्ष्मण अधिकारी लगायतले बोलेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.