कार्यसम्पादनको आधारमा स्याङजा जिल्लामा प्रथम हुन सफल आँधीखोला गाउँपालिकाः देशभरमा नवौं स्थानमा

मेरो दृष्टि सम्बादाता, फागुन ६

स्याङजाको आँधीखोला गाँउपालिका कार्यसम्पादनको आधारमा जिल्लाकै प्रथम हुन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार आँधीखोला गाउँपालिका स्याङजा जिल्लाको प्रथम हुनुका साथै मुलुककै दसौ भित्र पर्न सफल भएको हो ।
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ अनुसार आयोगले प्रदेश तथा स्थानिय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्याङ्कन अङ्क प्रदान गरिएको थियो ।
नेपाल सरकार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिबेदनमा स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये भने आँधीखोला गाउँपालिका ७४।९४०४ नम्बर सहित पहिलो स्थानमा पर्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.