कार्यपालिकाको बैठक प्रतक्ष्य प्रशारण गर्ने वालिङ नगरप्रमुख खाँड को उद्घोष

गोविन्द खनाल, जेठ ६ वालिङ

स्याङ्जाको वालिङ नगरपालिका प्रमुख कृष्ण खाँडले अब देखि वालिङ नगरपालिकाको कार्यपालिका बैठक प्रत्क्ष प्रशारण गर्ने ब्यतm गर्नु भएको छ। वालिङ नगरपालिका वार्ड नं ८ ले आयोजना गरेको वृक्षा रोपण कार्यक्रमको उत्घाटन गर्दै नगरप्रमुख खाँड ले जनता को चासो र गुनासो सँग सम्बन्धित कार्यक्रम बैठको एजेन्डा हुने हुँदा वालिङ नगर भित्रको गतिविधि प्रत्क्ष प्रसारण गर्ने असल अभ्यास वालिङ नगरले सुरुवाती गर्ने प्रमुख खाँड को भनाई थियो । खाँडको केहि समय अगाडीको विदेश भ्रमणले धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै आगामी ५ वर्ष भित्र वालिङ नगरलाई सफा र हरायली नगर को रूपमा विकास गर्न केहि निकाय सँग आफ्नो छलफल भई रहेको समेत खाँडको भनाई थियो । खाँडका अनुसार वालिङ नगरभित्रको फोहोर लाई थप व्यवस्थित गर्दे हरित नगरको अवधारण अगाडी सार्न सक्दा वातावरण पर्यावरणमा सन्तुलन मिल्ने हुनाले अध्यन अनुसन्धानमा पनि यस्ले सहज पुय्राउने खाँडको भनाई थियो । हरित सहर वालिङ नगरको गुरु योजनामा रहेकोले जनताको सहभागिता बनाउँदै सिद्दार्थ हाइवेको दायाँ बायाँ रंगीविरंगी फूल रोप्ने योजना रहेको प्रमुख खाँडको भनाई थियो । राजमार्ग वरिपरि रङगीविरङी बोट विरुवा रोप्दा आन्तरिक तथा बाहिय पर्यटको आकर्षण हुने हुँदा उक्तm कार्यक्रमले वालिङलाई चिनाउन थप मदत पुग्ने खाँडको भनाई थियो । खाँडले
५ जना कन्न्या सहित वालिङ ८ मा अवस्थित घुम्तीमा विभिन्न प्रजाति को बिरुवा रोपेर कार्यक्रम उत्घाटन गर्नु भएको थियो । बगाले युवा क्लब ले आयोजना गरेको वृक्षा रोपण कार्यक्रममा स्थानीय युवाहरु ले आफै विभिन्न प्रजाति का रुख खरिद गरेर ल्येको समाजसेवी भारत बगालेको भनाई छ। बगाले को अनुसार वृक्षा रोपण कार्यक्रम लाई निरन्तरता दिदै बाँकी रहेको ठाउँमा पनि विभिन्न प्रजातिका फूल तथा बिरुवा रोप्ने अभियान क्लब को रहेको र रोपेको बिरुवा लाई हेरचाह गर्दे अन्य सामाजिक कार्य गर्ने क्लबको गुरु योजना रहेको बगाले को भनाई छ। बृक्षा रोपण कार्यक्रममा वार्ड नं ८ का वार्ड अधक्षय दामोदर तिवारी सहित अन्य जनप्रतिनिधि को पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.