headline 1गण्डकीस्वास्थ्य

गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया शुरुः– नगरप्रमुखको पहिलो स्वास्थ्य प्रतिवद्धता पुरा ।

मेरो दृष्टि सम्बादाता जेठ १७ ,वालिङ

गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्म दिएको अस्पतालले जनाएको छ ।
्वालिङ नगरपालिका वडा न ६ महिलाले शल्यक्रिया मार्फत प्रसुती सेवा प्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ठकाले जानकारी दिनुभएको थियो ।
उँहाले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहजन हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको र यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताउनुभयो ।
विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाइ परेको समस्या सामान्य शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको यसको यहि वालिङ गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गर्नुभएको थियो । नगरप्रमुख कृष्ण खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो । सवै मिलेर काम गरियो भने असम्भव केहि नहुने जिकीर गर्दै नगरबासीलाइ आफु वालिङको नगरप्रमुख निर्वाचित गराउदै गर्दा अनुहार देखाउने भन्दा पनि काममा र अनुभुतिमा देखिने र जनताको सेवकको रुपमा कुराले भन्दा कामले देखिनुपर्नेमा जोड दिदै कामबाट खानेपानिको घारमा देखिने, कुलोको पानिमा, भत्केको बाटोमा पिच भैरहेको, स्वास्थ्य समस्या समाधानको ठाँउमा मेयर देखिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख खाँणले धेरै प्रतिबद्धता गर्नु भन्दा पनि सकेसम्म जे योजना र अभियान चालिएको छ त्यो काम कामबाटै देखिनुपर्ने बताउदै आफुले पनि योजना बनाइसकेपछि यहाँसम्म पुग्यो भन्दा पनि सफल भएपछि मात्र जनतालाइ भन्दा राम्रो हुने उहाको भनाइ थियो ।

गह्रो प्राथमिक अस्पतालका प्रमुखल मंगलबारदेखि अन्य थप अत्यावश्यक शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपन्डिक्सको पनि सेवा प्रवाह भएको जानकारी दिनुभएको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.