headline 1कृषिगण्डकी

परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित

सुशिल सुवेदी
असार १६ , स्याङ्जा
परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । उत्पादनको लागतभन्दा आम्दानी कम हुने भएपछि धानगहुँ मकै लगाउने खेतबारी मासेर अहिले चापाकोटका कृषकहरु आँप लिची लगाउन थालेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आँप-लिची जोन स्याङ्जाले क्षेत्र बिस्तार कार्यक्रम अघि सारेसँगै यहाँका कृषकले खेती नै परीवर्तन गर्न थालेका छन् ।
धान, गहुँ, मकैजस्ता परम्परागत बालीको लागत बढ्ने तर राम्रो आम्दानी नहुने भएपछि स्याङ्जाका कृषक फलफूलजन्य खेतीमा आकर्षित हुन थालेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आँप-लिची जोन स्याङ्जाले क्षेत्र बिस्तार कार्यक्रम अघि सारेसँगै चापाकोटका कृषक आँप र लिचीको व्यवसायिक खेतितर्फ आकर्षित भएका हुन् ।

जोनले पहिलो चरणमा चापाकोटको दशवटा सबै वडामा लागू हुने गरी दश हजार आँप र छ हजार लिचीको बिरुवा कृषकको ५० प्रतिशत साझेदारीमा वितरण गरेको सहायक परियोजना कार्यन्वयन इकाइ स्याङ्जाका नायब प्राविधिक संगिता कुमालले बताउनुभयो ।

परम्परागत बालीको बजार मूल्य यथावत हुने तर लागत बढ्ने कारण ३४ रोपनी क्षेत्रफलमा आँप-लिची लगाइएको चापाकोट-९ का कृष्ण प्रसाद खनाल बताउनुहुन्छ ।

आँप-लिची जोनले चापकोट नगरपालिकासहित गल्याङ नगरपालिकाको १ ,२ ,३ ,९ र ११ नं वडालाई क्षेत्र विस्तार गर्ने कार्यक्रम अघि सारेको छ । ४२ लाख रुपैयाँको लागतमा संचालित कार्यक्रमअन्तर्गत गल्याङमा १५ हजार बिरुवाको माग रहेको र यसलाई दोस्रो चरणमा वितरण गरिने जोनका प्रमुख माधब लम्सालको भनाई छ ।

यो कार्यक्रम लागू भएका स्थानीय तहले कृषक पहिचान, छनौट र बिरुवा वितरणमा समन्वय गर्नेछ भने जोनबाट अपूग भएको रकममा आर्थिक साझेदारी गर्नेछ । यो खेतीले तत्कालै उत्पादन नदिएपनि पाँच बर्षपछि जिल्लालाई आँप-लिचीमा आत्मनिर्भर बनाउनेमा कृषकहरु निश्चिन्त देखिन्छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.