headline 1गण्डकीदेश

भिरकोटको उच्च भूभागमा रहेको मन्दिरमा तोडफोड र आग्जनी

भिरकोटको उच्च भूभागमा रहेको मन्दिरमा तोडफोड र आग्जनी
सुशील सुवेदी
स्याङ्जा ,पुस २६
स्याङ्जाको भिरकोट नगरपालिका —९,स्थित नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समुहले आग्जनी तथा तोड्फोड गरेका छन् । भिरकोट नगरपालिकाको उच्च भूभागमा रहेको धार्मिक स्थलको रुपमा यो मन्दिरलाई चिनिन्छ ।
मन्दिरको मूर्ति , हतियार , घण्टी लगाएतका सामग्रीमा तोडफोड भएको वडा अध्यक्ष भिम गुरुङले बताए ।
दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । जनप्रतिनिधीको र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाएको छ । ‘घटनाको प्रकृति हेर्दा त्रिसुल र घन प्रयाग गरेर मन्दिर तोडफोड भएको देखिन्छ । मट्टीतेलको प्रयोग गरेर आग्जनी भएको छ , भिरकोट—९ का वडा अध्यक्ष भिम गुरुङले बताए ।’
प्रत्येक वर्ष वैशाख पूणर्ीमामा उगौली र मङ्सिर पूणर्िमामा अधौली पर्वको अवसरमा यहाँ पूजा हुने गर्दछ । उक्त घटनामा भएको क्षति र विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.