भीरकोट निवासी ८४ वर्षीय चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले ८४ वर्ष पुगेको उपलक्ष्यमा बालगृहमा गरे नगद रु ७५ हजार दान

गोविन्द खनाल माघ १,स्याङजा वालिङ

स्याङ्जाको भीरकोट १ बयरघारीका गुरुङ परिवारद्वारा अमोर सेवा बालगृहलाई नगद प्रदान गरेका छन् । भीरकोट नगरपालिका वडा नम्वर ८ वकादी हाल बयरघारी बजार बस्दै आउनुभएका चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले बाबा ८४ वर्ष र आमा ८० वर्ष पुगेको उपलक्ष्यमा फेदिखोला स्थित बालगृहमा एक कार्यक्रमकाबीच नगद रु ७५ हजार दान गरेका हुन् । पछिल्लो समयमा जन्म दिन र अन्य शुभ दिनको अवसरमा खानपिनमा खर्च गर्ने परिपाटीको श्रृजना भईरहेको अवश्थामा यस्ता गतिविधी अती भड्कीलो र असामाजिक हुने गरेकोले नयाँ कामको थालनी गरेको छोरा इन्द«जित गुरुङको भनाई छ । र बाबाले ८४ बर्ष पूजा गर्नेबेला भयो, यस अवसरमा सामाजिक संस्था तथा गरिव दुःखीलाई दान गर्ने इच्छा गर्नुभएकाले निस्वार्थ सामाजिक कार्य गर्ने हिसाबले बालगृहमा दान गर्न आएको छोरा इन्द्रजीतको भनाई छ ।

बालगृहमा आएर दान गरी आफ्नो इच्छा पुरा गर्न पाँउदा बाबा आमा लगायत सम्पूर्ण परिवारलाई खुसी लागेको चन्द्रबहादुरले उल्लेख गर्नुभयो । आफ्नो परम्परा र संस्कार अनुसार पूजा आजा पनि गर्नुपर्छ, तर पूजाआजाको नाममा अनावस्यक तडक भडक नगरी सामाजिक संघ संस्थामा सहयोग गर्न आवस्यक ठानेर अभिभावक विहिन ३१ असहाय बालबालिकालाई सहयोग गरेको चन्द« बहादुरका नाती बसन्त गुरुङको भनाई छ । अमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३१ जना बालबालिका छन् । यो बालगृह २०६८ सालमा स्थापना भएको र २०७२ सालदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ शिशुदेखि स्नातक सम्म अध्ययनरत गर्ने बालबालिका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.