उत्पादनमा आधारीत अनुदान कार्यक्रमको प्रतिफल देखिन थाल्यो ः फेदीखोला गाँउपालिका अध्यक्ष घनश्याम सुवेदी

माधब गैह्रै, वालिङ चैत्र ९, शुक्रबार

स्याङजाको फेदीखोला गाँउपाकिलाले सुरु गरेको प्रथम आलु प्रदर्शनी मेलाको पहिलो दिन आज आलुका विभिन्न परिकार सहित विभिन्न प्रजातिका आलु प्रदर्शनी गरेको छ । दुई दिन सम्म सञ्चालन हुने आलु प्रदर्शनी कार्यक्रमको पहिलो दिन गाँउपालिले वडा नं १ स्थित सर्केटारीमा आलु प्रर्दशीनीका साथै आलु बाट निर्मित परिकार विक्रि वितरण गरेको हो । आलु पकेट क्षेत्र पवद्र्धनको लागि आलु ब्लक विस्तार हाम्रो अभियान भन्ने मुल नाराका साथ गरिएको आलु प्रदर्शनी कार्यक्रमा फेदीखोला गाँउपाकिला भित्र उत्पादित जनक देव र खुमल उत्वल प्रकारका आलु प्रर्दशन सहित विक्रि वितरण गरिएको हो । प्रर्दशनीको पहिलो दिन करिब ६ टन आलु बिक्रि वितरण भएको र भोली पनि सोही अनुसार विक्रि हुने अपेक्षा रहेको फेदीखोला गाँउपालिकाका अध्यक्ष धनश्याम सुवेदीलको भनाई छ । स्थानीय उत्पादीत आलु अत्यान्तै मिठो र ताजा भएकाले आज संकलीत ६ टन आलु पालिका भित्रै खपत भईसकेको अध्यक्ष सुवेदीको भनाई छ । अध्यक्ष सुवेदीको अनुसार आज प्रर्दशनीमा ल्याईएको आलु उत्पादन गर्ने कृषकलाई उत्पादनमा आधारीत अनुदान कार्यक्रम अन्र्तगत प्रती केजी पाँच रुपयाँ पचिस पैसाका दरले गाँउपालिकाले भुक्तानी गर्ने व्यवस्था गरेको अध्यक्ष सुवेदीको भनई छ । कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्नको निम्ति उत्पादनमा आधारीत अनुदान कार्यक्रम त छदै छ उत्पादीत बस्तुलाई घर देखी कार्यक्रम स्थल सम्म ल्याउनको निम्ति कृषकको घर सम्म सवारी साधन र लोड अन्लोड पनि पालिकाले नै व्यवस्था गरेपछि कृषक थप लाभान्भित रहेको पालिका अध्यक्ष सुवेदीको भनई थियो । उत्साह जनक रुपमा उत्घाटन भएको आजको प्रर्दशनी कार्यक्रम भोली पनि उत्साह जनक उपस्थितिका साथै विक्रि वितरण सहित समापन हुने कुरामा विस्वस्त रहेको कृषि शाखा प्रमुख विशाल खड्काको भनाई छ । खड्काको अनुसार भोली साँझ आलु प्रर्दशनी कार्यक्रम सम्पन्न हुने अवधिभर करिब ६ लाख बराबरको आलु विक्रि वितरण हुने जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.