नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणमा एमालेको निती सहि रहेको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाको ९ औँ अधिवेशनको उद्धघाटन समारोहमा बोल्दै सुखी नेपाली समृद्ध नेपालको नारामा एमाले स्पष्ट रहेको ओलीको धारणा राख्नुभएको थियो ।
आम जनताको रगत र पसीनाले सृजीत पार्टी एमाले पार्टी मात्रै रहेको बताउदै एमाले पार्टीले गरेको संधर्षको नतिजा छिटैनै आउने ओलीले दावी समेत गर्नुभयो ।
एमाले नेतृवको सरकार नहुँदा देशमा चरम बेथीती सृजना भएको भन्दै राष्ट्रिय शतिmलाई निर्णयक तर्फ विकास गर्न मिसन चौरासीको अभियानमा पार्टी लागीपरेको ओलीको भनाई थियो ।
कम्युनिष्ट आन्दोलनको क्रममा पार्टी भित्र अन्तर संधर्ष चल्ने क्रम लोकतान्त्रीक पद्धती रहेको बताउदैे पार्टी भित्र गुटबन्दीको सृजना अन्त्य हुनु पर्ने ओलीको भनाई थियो ।
फरक प्रशंगमा बोल्दै ओलीले एमालेको सरकार हँुदा दक्षिणपन्थी शक्तिm पार्टी फुटाउनको लागि अग्रसर भई रहेको अवश्थामा पार्टीकै नेताले आगोमा ध्यू थप्ने काम गरेकै कारण पार्टी कम्जोर भएको समेत बताउनुभयो ।
पार्टी भित्रका धमिरा जरै देखि मरिसकेको र कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी अग्रसर भई लागि परेको अवश्थामा कुनै नेताले गुटको सृजना नगर्न ओलीले आग्रह समेत गर्नु भयो । संगठीत सक्तिm विभाजन भनए मात्र आन्दोलनले सार्थकता गर्न सक्ने बताएका ओलीले खराब गतिविधिमा संलग्न हुने नेता कार्यकर्ता जोकोहीलाई कारबाही हुने समेत ओलीको भनाई थियो ।
पछिल्लो समयमा कार्यकर्ता एक ढिक्का रहेता पनि नेताहरुबाट गुटबन्दी सृजना मौलाउन थालेको भन्दै ओलीले नेताहरुले कार्यकर्ता बाटै पाठ सिक्नु पर्ने दिन आएको समेत बताउनु भयो ।
राष्ट्रिय राजनितिलाई जोड्दै ओलीले एमाले विरुद्ध दक्षिणपन्थी गठबन्धनले जनता माझ भ्रम र नकरात्मक प्रचार गरेकोले सत्ता समिकरण गरेको समेत बताउनुभयो । मावोवादी पार्टी संगै मिलेर बनेको बर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने बताउदै यही सरकारले चौरासीको निर्वाचन सम्पन्न गर्ने समेत ओलीको दावी थियो । नेकपा एमाले स्याङजा जिल्ला अधिवेशनको संघारमा स्याङजामा उपस्थित भएका ओलीले सहमतीकै आधारमा नेतृन्व चयन गर्दा उपयुतm हुने धाराणा व्यतm समेत गर्नुभयो । एमाले पार्टीले जोकोहीको कामको मुल्याङकन गर्ने बताउदै ओलीले नेतृत्व पंतीमा जान धैर्य गर्न आग्रह समेत गर्नुभयो ।
लक्ष्य प्रप्तीका लागी धैर्य नै मुख्य हतियार रहेको बताउदै पार्टीमा नेतृत्व गर्ने बेला सबैको पालो आउने र बर्तमान समयमा सहमतीकै आधारमा अधिवेशन सम्पन्न गर्न सके कार्यकर्ता ओलीले सके सम्म सहमतीकै आधारमा जिल्ला अधिवेशन सम्पन्न गर्न आग्रह समेत गर्नुभयो ।
यस्तै फरक प्रसंङ्गमा अध्यक्ष ओलीले स्याङ्जाको चापाकोटमा अहिलेसम्म जनताले मताधिकार गर्न नपाएको बताउनुभयो । बुथ कब्जा गरेर पटक पटक निर्वाचन हुन नपाएको भन्दै ओलीलले भन्नुभयो , “स्याङ्जाको आगामी निर्वाचन निष्पक्ष हुन्छ । पहिलो पटक चापाकोटका जनताले मताधीकार प्रयोग गर्न पाउनेछन् ।”
नेकपा एमाले स्याङ्जाले ९७ वडा बाट ६०९ प्रतिनिधि चयन गरेको छ भने उक्त प्रतिनिधीले नयाँ नेतृत्व चयन गर्नेछन् । नयाँ बन्ने नेतृत्वमा महिला , उत्पिडीत , अल्पसंख्यक लगाएतको समुहलाई समाबेशी बनाईने जिल्ला कमिटीले जनाएको छ ।
अधिबेशन २४ गते सम्पन्न हुने नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैरे पारसले जानकारी दिनुभयो ।