गोविन्द खनाल
बैसाख १०
विश्व जलवायु परिवर्तनका कारण मानव जिवनमा विभिन्न किसिमका नकरात्मक असरहरु परिरहेका छन् । जलवायु परिवर्तनका कारण मानव जिवनमा प्रत्यक्ष प्रभाव त परिरहेको छ त्यस बाबजुद वातावरणमा केही परिवर्तन देखिन थालेको छ । पानीको मुल सुक्ने, समयमा बर्षा नहुने, उत्पादनमा ह्रास आउने जस्ता परिवर्तन जलबायु परिवर्तनकै असरहरु हुन् । जलबायु परिवर्तनले मानव जिवन लगाएत वातावरणमा प्रभाव पार्न थालेपछि जलवायु परिवर्तनलाई सामान्य अवश्थामा ल्याउन विभिन्न किसिमका एन जि ओ , आई एन जि ओ लगाएत विभिन्न संघ सस्था ,टोल मिलेर बृक्षारोपण कार्यक्रम, सरसफाई कार्यक्रम गर्दे आउन थालेका छन् । त्यही अनुरुप आज विश्व पृथ्वी दिवसको २०२४ को अवसर पारेर अर्मादी खोला सरसफाई गरिएको छ । सहयोगी सस्थाको रुपमा युएन डिपी र आयोजकको रुपमा वालिङ नगरपालिका १ स्थित विभिन्न टोलका जनसहभागीताले अर्मादी खोला सरसफाई कार्यक्रम गरेको हो । पछिल्लो समयमा खोला प्रदुसित हुँदै जान थालेको र त्यसको असर मावन जिवत लगाएत जलचरमा पनि पर्ने देखिएकोले खोला सरसफाई कार्यकम राखिएको वडा नं १ स्थित विभ्नि टोलका संयोजकहरुको भनाई छ । मानिसको लापरबाहीले खोला प्रदुषण बनाउने कार्य बढ्दै जान थालेपछि जनचेतना सृजना गर्ने र खोला संरक्षण स्वरुप दवाव मुलाक संन्देस दिन पनि खोला सफसफाई अभियान गरिएको वडा नं १ का अध्यक्ष पदम गुरुङको भनाई छ । वडा नं १ स्थित रामबाच्छा, खहरे हुँदै बग्ने अर्मादी खोला संरक्षणकै निम्ति बेला बेला त्यहाँका नागरिक समाजले सरसफाई कार्यक्रम गर्दे आईरहेको छ । सरसफाई कार्यक्रमलाई तिव्रता दिदै खोला प्रदुसीत नगर्न वडा नं १ ले आग्रह समेत गर्दे आइरहेको छ ।