मेरो दृष्टि संवाद्दाता
वालिङ जेठ २०
क्षत्री समाज नेपालका केन्द्रिय सदस्य भक्त बहादुर केसीले मुलुकलाई एकताको सुत्रधारमा बाँध्न र जातीय सद्भाव कायम गर्न क्षत्रीहरुको एकता आवश्यक रहेको बताउनुभयो । वालिङ—८ स्थित कुवँर समाजको सभाहलमा शनिवार आयोजित क्षत्री समाज नेपाल वालिङ नगर समितिको दोस्रो नगर अधिवेशनमा बोल्दै केसीले क्षत्रीहरुको देखिने पहिचान पोशाकलाई गर्वको साथ धारण गर्नुपर्ने समेत बताउनुभएको छ । क्षत्रीहरुले आफ्नो पहिचान बिर्सीए अस्तित्व नै समाप्त हुने बताउनुभयो ।
कार्यक्रममा क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष सिता गोदार ,वालिङ ७ का वडा अध्यक्ष पाण्डु बहादुर थापा , वालिङ ८ का वडा अध्यक्ष दामोदर तिवारी , वालिङ अधोग वाणिज्य संघ महिला उद्यम संयोजक मञ्जु केसी लगाएतले क्षेत्रीहरुको ऐतिहासिक योगदान र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त अधिवेशनले वालिङ नगर समितिको अध्यक्षमा दिल बहादुर थापा क्षत्री (देबेन्द्र) लाई सर्वसम्मत चयन गरेको छ । क्षत्रीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरेको हो ।
वरिष्ठ उपाध्यक्ष — उदय भट्ट ,उपाध्यक्ष— चुडामणी लुईटेल, महिला— उपाध्यक्ष पुष्पा अर्याल , सचिव— गणेश राउत , सह—सचिव— चन्द्र बहादुर थापा र कोषाध्यक्ष रमेश पाठकलाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डल समितिका संयोजक नर बहादुर पौडेलले जानकारी दिनुभयो ।
यस्तै सदस्यमा कृष्ण बहादुर थापा , विनोद कुमार लामिछाने , उमा पराजुली , गणेश पौडेल , पूर्ण कुमारी राउत , अनिल भण्डारी , कल्पना बस्नेत , कमला बस्नेत , छायाँदेवी लुईटेल , रिमा केसी ,उमा खनाल , तेज कुमारी थापा , प्रकाश थापा , बसन्त थापा , सरस्वती कार्की , खिना पराजुली , जितन केसी , राजु क्षेत्री चयन भएका हुन् ।
वालिङ नगरभित्र एक जना मात्र क्षत्रीले स्थानीय तहमा निर्वाचित भएको भन्दै वडा नं ७ का अध्यक्ष पाण्डु बहादुर थापालाई नगर समितिले सम्मान समेत गर्यो ।
उक्त कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत छायाँदेवी लुइटेल गर्नुभएको थियो भने संचालन देव बगोटीले गर्नुभएको थियो ।
जातीय सदभावको लागि क्षत्री एकता भन्ने उदेश्य सहित वि.सं २०५२ सालदेखि समाजले देशव्यापी रुपमा कार्यक्रम गर्दै आएको छ ।