नेकपा एमालेका ८ मन्त्रीले दिए राजिनामा : सरकारबाट बाहिरियो एमाले

मे.दृ.
काठमाडौं , असार २०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमाले बाहीरीएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषदमा रहेका सवैलाई सामुहिक राजीनामा दिन निर्देशन गरेसँगै एमालेबाट नेतृत्व गरेका सबै आठ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो ।

यता दहालले राजीनामा नगरेर विश्वासको मत लिने तयारीमा गएसँगै एमालेका सबै मन्त्रीले दहाललाई राजीनामा बुझाएका हुन् । एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.