हामी अराजगकता पक्षमा होईन सृजनाको पक्षमा लागौ ः पुर्व मन्त्रि पद्मा अर्याल

माधब गैह्रै,स्याङजा फागुन २१

नेकपा एमालेको सिचव एवं पुर्व मन्त्रि पद्मा कुमारी अर्यालले पछिल्लो समाज अराजकताका तर्फ धकलीएको टिप्पडी गर्दे आम युवा वर्गलाई अराजकताको तर्फ भन्दा पनि सृजनाको पक्षमा लाग्न आग्रह गर्नुभएको छ । प्रथम पिंक सिटि वालिङ महोत्सबको उत्घाटन गर्दे मन्त्री अर्यालले प्रविधिको युग बढ्दो क्रम रहे संगै प्रविधिका कारण सृजना भन्दा पनि अराजकता मच्चिएकोले आम युवाहरुलाई अराजकताको पक्षमा भन्दा पनि सृजनाको पक्षमा उभिन आग्रह गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे पुर्व मन्त्री अर्यालले वालिङ मात्र नभई समग्र स्याङको विकास निर्माण गर्नको निम्ती सिद्धार्थ राजमार्ग स्तर उन्नत्ती गर्न आवश्यक रहेकोले उक्त सडक बनाउने जिम्मेवारी वर्तमान सरकारको रहेकोले समेत जिकिर गर्नुभयो । नेकपा एमालेको सरकार हुँदा सिद्दार्थ राजमार्ग स्तर उन्नत्रीको निम्ति बजेट विनियोजन गरेता पनि आफ्नो सरकार ढले संगै उक्त बजेट पनि हराएको मन्त्री अर्यालको भनाई थियो । विकास निर्माणमा राजनिति भन्दा हातेमाले आवश्यक रहेको बताउँदै वालिङ मात्र भनई समग्र स्याङजाको विकासमा आफु हातेमालो गर्न तयार रहेको मन्त्री अर्यालको भनाई थियो । फरक प्रसंगमा बोल्दै मन्त्री अर्यालले मुलुकका दुई ठुला दलहरु मिलेर सरकार बन्दा देशले दिगो पाउने र दिगो सरकारले मात्र सम्बृदी दिने तर्क राख्दै देश र जनताको समृद्धी निम्ति दुई ठुला दल काङ्ग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री अर्यालको भनाई थियो । काङ्ग्रेस र एमाले मिलेर बनेको सरकारको आयु अझै दुई बर्ष रहेको दावी गरेकी अर्यालले बबर्तमान सरकारकै पालामा सिद्धार्थ रागमार्ग स्तर उन्नत्तीको कार्य थालनी हुने समेत दावी गर्नुभयो । सम्बृद्धी बर्तमान सरकार बाहेक अन्य बाट सम्भव नरहेको बताँउदै अर्यालले समग्र स्याङजाको समृद्धीको निम्ति यहाँ रहेका उधोग वाणिज्य संध, चेम्बर अफ कमर्श संग अन्तरक्रिया गरी योजना बनाउनु पर्ने आवश्यकता रहेकोले आवश्यक छलफल अगाडी बढाउन मन्त्री अर्यालले आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.