५० प्रतिशत अनुदानमा कृषि औजार वितरण, भीरकोटका किसान लाभान्वित

असार ३, २०८३

 

भीरकोट नगरपालिकाले कृषि उत्पादन वृद्धि तथा व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। नगरपालिकाले किसानलाई ५२ वटा हाते ट्याक्टर, ३२ वटा डिजेल तथा २० पेट्रोल इन्जिन र १८ वटा कम्बाइण्ड मिल वितरण गरेको हो।

अनुदानपछि पेट्रोल इन्जिन हाते ट्याक्टरको मूल्य १९ हजार ५ सय रुपैयाँ, डिजेल इन्जिनको हाते ट्याक्टरको मूल्य २६ हजार रुपैयाँ र कम्बाइण्ड मिलको मूल्य २० हजार रुपैयाँ कायम गरिएको कृषि शाखा प्रमुख डा। श्रवण कुमार बिष्टले जानकारी दिनुभयो। नगरपालिकाले यान्त्रिकरण प्रयोजनका लागि आर्थिक वर्ष २०८२र८३ मा १५ लाख रूपैयाँ बजेट छुट्याएको थियो। लघुउद्यमशीलता र यान्त्रिकरण प्रवर्द्धन गर्न कृषकको माग र आवश्यकताका आधारमा अनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो।कृषि औजार वितरण कार्यक्रममा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले वितरण गरिएका हाते ट्याक्टर र कम्बाइण्ड मिलको सही सदुपयोग गर्न तथा छिमेकी किसानलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले किसानबाट वडामार्फत प्राप्त माग तथा निवेदनका आधारमा कृषि औजार वितरण गरिएको जानकारी दिनुभयो।

नगर प्रमुख कर्माचार्यले नगरपालिकाले व्यवसायिक कृषिलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार व्यवसायिक तरभुजा खेतीको परीक्षण सफल भएको छ भने अकबरे खुर्सानी खेती पनि विस्तार भइरहेको छ।

त्यसैगरी तरकारी, दूध र मासु उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो। महिला कृषि समूहमार्फत समेत उत्पादनमुखी कार्यक्रमहरू अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।

श्रोत  स्मार्ट अखबार

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.