सुमन कार्की
पाल्पा, २ साउन
पाल्पाको माथागढी बहुउद्देश्यीय सहकारी सस्था लि माथागढी १ चिदीपानीले बिरुवा बितरण कार्य सकेको छ ।
सहकारीले शेयर सदस्यहरु तथा समुदाय को आर्थिक स्तर वृद्धि र बाताबरणिय सन्तुलन कायमका लागी आफ्नो सामाजिक उत्तरदायित्व निर्बाहका लागी फलफुल तथा अन्य बिरुवा बितरण गरिएको सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थिले बताउनुभयो । कागती,आप,कटहर,दालचिनी,बडहर,राइखनिया,कुरिलोअङ्गुर,बकाइनो,टिमुर जातका फलफूल,घासपात तथा अन्य जातका बिरुवाहरु निशुल्क सुबिधा सहित उपलब्ध गराइएको पन्थिको भनाइ छ । करिब १० हजार बिरुवा चिदिपानी, हुमिन रुप्से कसेनि झडेवा क्षेत्रका कृषक तथा आम सर्वसाधारणहरुलाई समेत बितरण गरिएको सस्थाका सचिव बिजय दिप पन्थिले बताउनु भयो । जसले कागती ,आप, टिमुरमा तिन देखी पाच बर्ष भित्र फर्तिफल दिने सदस्यहरुको आर्थिक स्तरमा समेत सहयोग पुर्याउने उहाको भनाइ छ । सहकारिको अभियानमा समुदाय स्तरबाट सहयोग भएको राज्यको लगानी र सहकारीको साथलाइ सबैले सदुपयोग गर्दै थप आर्थिक सामाजिक बिकासमा लाग्नका लागी सहकारीको सदस्यता लिइ सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका ब्यवस्थापक ईस्वरी तिवारीले आग्रह गर्नुभयो । माथागढी बहुउद्देश्यीय सहकारी सस्थाले कृषि उपज सङ्कलन,बिरुवा बितरण सरकारका अन्य अनुदान कार्यक्रममा समन्वय,कृषि तथा पशुपालन क्षेत्रमा गरेको तत्परताले नमुना पेस गर्दै समुदायलाइ उत्साहित बनाएको स्थानीय जमुना थापाको भनाइ छ । सहकारीलाई बिरुवा अनुदान सहयोग प्रदेश ५ सरकार डिभिजन बन कार्यालय पाल्पा र भु तथा जलाधार कार्यालय पाल्पाबाट प्राप्त भएको सहकारीले जनाएको छ । आगामी दिनहरुमा पनि यस्ता उदारणीय कार्य सहकारीले गर्दे जाने जनाएको छ ।