दुइ हजार विद्यार्थीलाइ एभोकाडो

माधब गैेह्रै,स्याङ्जा , १७ साउन

कोभिड १९ ( कोरोना ) संङक्रमण रोकथामको लागि बनाइएका अधिकाशं क्वारेन्टिन विद्यालयमा निर्माण गरिएको छ । यतीबेला विद्यार्थीहरु फुर्सदिलो बनेका छन् । तीनै फुर्सदिलो विद्यार्थीलाइ लक्षित गर्दै स्याङजाको आँधिखोला गाउँपालिकाले विद्यार्थीलाइ व्यवहारीक ज्ञानसँग जाड्न थालेको छ ।
आँधिखोला गाउँपालिकामा अध्यानरत कक्षा ६देखि १२ सम्मका विद्यार्थीलाइ लक्षित गर्दै फुर्सदको समयमा उत्पादनसँग जोड्न प्रोत्सहान गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । उनले भने , ‘अहिले लगाएको फलफुल ५—७ बर्षमा उत्पादन दिने भयो भने , विद्यार्थीले पढाइ खर्च आँफै जुटाउन सक्नेछन् ।’
आँधिखोला गाउँपालिकाको बाँझो जमिन सदुपयोग गर्दै बसाइ सराइ रोक्न पनि यो अभियान निकै प्रभाबकारी हुने पौडेलको दाबी छ । उनी भन्छन् , ‘सानै देखि जग्गाको महत्व बुझाउन सकियो भने कृषी पेशामा आकर्षित हुनेको संख्यामा बृद्धी आउँछ । अझ पढेलेखेको मान्छेहरुले प्रबिधिको प्रयोग गर्दै आम्दानी बढी लिन सक्नेछन् ।’
यहाँको सामुदायिक विद्यालयमा अध्यानरत कक्षा ६ देखि १२ सम्मका दुइ हजार विद्यार्थीलाइ दश हजार सात सय बिरुवा प्रदान गरिएको कृषि प्राविधिक बिबेक आचार्यले बताए । प्रति बिद्यार्थीलाइ ५ वटा बिरुवा निशुल्क प्रदान गरिएको थियो । पालिकाले विद्यार्थीलाइ एभोकाडो कसरी लगाउने ? र उत्पादकत्व वृद्धी कसरी गर्ने ? जस्ता प्रशीक्षण दिइएको आचार्यले बताए ।
प्रशिक्षण सहित एभोकाडोको बिरुवा पाएपछी यसको महत्व विद्यार्थीले बुझ्न थालेका छन् । कक्षा १० मा अध्यानरत सुश्मिता ढकाल भन्छिन् , ‘खाली भएको समय करेसाबारीमा दिने हो भने केही वर्षमा आफ्नो पढाइ खर्च कमाउन सकिने रहेछ ।’
पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने गर्दछ । समुन्द्री सतहबाट चार सयदेखि एक हजार सात सय मिटर उचाइको पहाडी भूगोलमा यो बिरुवा लगाउन सकिन्छ ।
माटो सुहाउँदो भूगोलको पहिचान गर्दै गाउँ गाउँका दक्ष जनशक्तिलाइ आकर्षण गर्न सकियो भने कुनै जमिन बाँझो हुन पर्ने छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.