तुलसी भनज्याङमा रहेको हाइटेन्सन लाइन पहिरोको उच्च जोखिममा

अविरल बर्षको कारण गल्याङ नगरपालिकाको तुलसी भनज्याङमा रहेको कालिगण्डकी जलविध्युत आयोजना कालीगण्डकी जलविध्युतको प्रसारण लाइन हाइटेन्सन पोलको छेउको भाग बाट पहिरो गएपछि यो प्रसारण लाइन जोखीममा पर्न थालेको हो । सिद्धार्थ राजमार्ग देखि करिब ५० मिटर माथि रहेको यो हाइटेन्सन लाइन लाइ जोगाउन त्रिपालको प्रयोग गरिएको छ । पोलको छेउ तिरको भाग पहिरोले छुन थालेपछि पोललाइ जोगाउन त्रिपालको प्रयोग गरिएको हो । पहिरो गएको करिब डेढ महिना पुगी सक्दा पनि यहाँ पोल जोगाउन अन्य विधि भने अपनाइएको छैन् । करिब ५० मिटर पर्खाल उठाउदा जोखीम न्युन रहने भएता पनि सम्बन्धित निकायको भने ध्यान जान सकेको छैन् । पोल नजिकै देखि गएको पहिरोको कारण पोल तल रहेको सिद्धार्थ राजमार्ग समेत साँगुरो बनेको छ । सामान्य पहिरो पनि नफालिदा पालो गरेर यात्रु हरु हिड्न बाध्य भएका छन् । पहिरो र पोल दुवै समयमा व्यवस्थापन गर्न नसके ठुलो दुर्घटना हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.