स्याङजामा अवैध लागु औषध सहित २ जना पक्राउ

मेरो दृष्टि सम्बादाता ,असोज ११

स्याङजामा प्रहरीले लागु औषध सहित २ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नुनचौपारी गाँउपालिका वडा नं २ बस्ने बर्ष २२ का कृष्ण बहादुर गुरुङ र सेही गाँउपालिका वडा नं ३ बस्ने बर्ष ६३ का तुल बहादुर क्षेत्री रहेका छन् । गुरुङको घर बाट प्रहरीले कोठा खानतलासी गर्ने क्रममा उनकै कोठाबाट हरियो गाँजा ८४ग्राम,सुकेको गाँजा ४० ग्राम,बम्फु स्टिल पेपर फेला परेपछि प्रहरीले सोधपुछ गर्ने क्रममा गुरुङले तुल बहादुर क्षेत्रीको घर बाट ल्याएको बताएपछि प्रहरी क्षेत्रीको घरमै पुगी खानतलासी गरेको थियो । खानतलासी गर्दा क्षेत्रीको घरबाट पनि ३ किलो गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले ३ किलो १२४ ग्राम गाँजा सहित २ जनालाइ स्याङजा जिल्ला अदालतमा पेश गरी २५ दिनको म्याद थप गरि अनुसन्धान कार्य गरेको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.