गल्याङ नगर अस्पतालमा स्वास्थ्य बिमा

७० वर्ष माथिका जेष्ठ नागरिकलाई मात्रै निशुल्क विमाको व्यवस्था रहेकोमा स्थानीय सरकारले विपन्न तथा असक्तहरुलाई पनि निशुल्क विमाको व्यवस्था गर्ने मापदण्ड निर्माणको काम गरिरहेको नगर प्रमुख अधिकारीले बताए ।

मे.दृि संवाददाता
स्याङजा , मङ्सीर १४
गल्याङ नगरपालिकाले संञ्चालन गरेको गल्याङ नगर अस्पतालमा स्वास्थ्य बिमा मार्फत सेवाको शुभारम्भ गरिएको छ । बिमा सेवा शुभारम्भ गरेसँगै यहाँका सेवाग्राही पोखरा र पाल्पा जानपर्ने बाध्यताको अन्त्य भएको छ ।
आइतवार ५० बढी ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेर सेवा शुभारम्भ गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदम प्रशाद पाण्डेले बताए ।
अहिले जिल्लाभर ६ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमा मार्फत उपचार सेवा प्रदान गरिँदै आएको छ । जिल्ला अस्पताल सहित ४ वटा अस्पताल र २ वटा प्राथमिक स्वास्थ्य केन्द«ले यो सेवा प्रवाह गर्दै आएको बिमा बोर्ड शाखा कार्यालय स्याङ्जाका प्रमुख धुब्र हमालले बताए ।
गल्याङ सामुदायीक स्वास्थ्य केन्द«लाइ गल्याङ नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर यसै वर्षबाट प्रभाबकारी सेवा शुभारम्भ गरेको नगरप्रमुख भुपराज अधिकारीले बताए । उनले भने ,‘नेपाल सरकारले तोकेको विमाको सुविधा बाहेक थप सुविधा स्थानीय सरकारले दिएर नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन हामी लागी परेका छौं ।’
७० वर्ष माथिका जेष्ठ नागरिकलाई मात्रै निशुल्क विमाको व्यवस्था रहेकोमा स्थानीय सरकारले विपन्न तथा असक्तहरुलाई पनि निशुल्क विमाको व्यवस्था गर्ने मापदण्ड निर्माणको काम गरिरहेको अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे । उनले भने ,‘नेपाल सरकारले सुरु गरेको यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय गर्ने क्रममा नगर अस्पतालमा नै यो सेवा सुरु भएको छ, सबैले सदुपयोग गर्न म आग्रह गर्दछु ।’
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमप्रसाद पाण्डेले स्वास्थ्य विमा बारे अभिकर्ताहरुले अझै ध्यान दिएर नगरवासीलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । स्याङजामा ७५ फागुन ८ बाट बिमा कार्यक्रमको शुभारम्भ भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.