headline 1गण्डकीदेश

दोहोरो नागरिकता र राहादानी लिने महिला पक्राउ

पुतलीबजार न.पा. वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने बर्ष ३३ की मन्जु क्षेत्रीले जिल्ला प्रशासन कार्यालय सुनसरी र स्याङ्जाबाट दाहोरो नागरिकता र राहादानी लिएको प्रहरीले जनाएको छ ।

मे.दृ संवाददाता
स्याङ्जा , पुस २ ।
दोहोरो नागरिकता र रहादानी लिएको कसुरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलालाई पक्राउ गरेको छ ।
पुतलीबजार न.पा. वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने बर्ष ३३ की मन्जु क्षेत्रीले जिल्ला प्रशासन कार्यालय सुनसरी र स्याङ्जाबाट दाहोरो नागरिकता र राहादानी लिएको प्रहरीले जनाएको छ ।
क्षेत्रीले गत मङसिर १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जा बाट फरक विवरण पेश गरि ४२१०६२—१०—१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिईन् । उनले दोहोरो नागरिकता र रहादानी लिएको गोप्य सुचनाको आधारमा प्रहरीले श्रेत्रीको घर खानतलाँसी गरेको थियो ।
काँस्की स्थित क्षेत्रीको डेरा बाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि भएको ४२१०६२—१०—१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला पारेका थियो । त्यसैगरि जिल्ला प्रशासन कार्यालय सुनसरी बाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६ —०२-७५—०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं.राहदानी फेला पारेका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रशाद अधिकारीले बताए ।
फरक विवरण पेश गरि निकालिएको नागरिकता र राहादानी प्रहरीले नियन्त्रणमा लिएको छ । क्षेत्रीलाई पक्राउ गरी “ नागरिकता सम्बन्धी कसुर” मुद्धा दर्ता गरिएको जिप्रका स्याङ्जाले जनाएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.