headline 1कृषिगण्डकी

वालिङमा उत्पादित बस्तुहरुको बजार सम्म पुर्याउन व्यवस्थित च्यानलको शुरुवात् ।

माघ १६ मेरो दृष्टि सम्बादाता

वालिङमा उत्पादित बस्तुहरुलाई बजार सम्म पुरयाउनका लागि संस्थागत शुरुवात् गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा स्थापना गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था मार्फत उत्पादित बस्तुहरुलाई बजार सम्म पुर्याउने कार्यको शुरुवात् गरिएको हो ।
एक कार्यक्रमको आयोजना गर्दै व्यवस्थित बजारको च्यानल सञ्चालन गर्ने संस्थाको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले गाँउ गाँउमा उत्पादन हुने कृषि उपज तथा अन्य सामाग्रीहरु व्यवस्थित रुपमा बजार सम्म लगिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाँउ गाँउमा गठन भएका बिषयगत सहकारी तथा संकलनकेन्द्रको समन्वयमा वस्तुहरु बजार सम्म लगिने छ ।”
कृषि र उद्यमको बिकास बिना आर्थिक उन्नती नहुने भन्दै नगरप्रमुख खाँणले गाँउगाँउमा उत्पादन बढाउने गरी नगरपालिकाले काम अगाडि बढाएको बताउनु भयो ।
कोभिडबाट प्रभावित भएका र बिदेशमा रोजगारी गुमाएर आएकाहरुलाई उत्पादनमा जोड्ने गरी गतिबिधि सञ्चालन भईरहेको जानकारी गराउदै नगरप्रमुख खाँणले नागरिकहरुलाई स्वदेशमा नै आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.