कोरोना कहरमा स्याङ्जा सहयोग समाजद्वारा अक्सिजन वितरण

मुक्ति सुबेदी (स्याङ्जा)

 विश्वभर छरिएर रहेका स्याङ्जाबासी हरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिले कोभिडको समयमा देशैभर अभाव भैरहेको अक्सिजनलाई राहत स्वरूप हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा संग समन्वय गरि १०० सिलिण्डर अक्सिजन हस्तान्तरण गरिएको सस्थाका सदस्य धर्म पराजुली बताउछन। स्याङ्गजाको केन्द्रको रुपमा रहेको वालिङमा मेयर दिलिप प्रताप खाँणलाइ उक्त अक्सिजन खरिदको निम्ति रकम हस्तान्तरण गरिएको छ ।
संस्थाले हाल ‘विपदमा संगसंगै’ भन्ने नाराका साथ २० लाखको कोरोना आपतकालिन राहत कोषको सन्चालन गरेको छ। हस्तान्तरण कार्यक्रममा सचिव तथा प्रवक्ता मुक्ति सुबेदि, सह-कोषाध्यक्ष डोलराज डुम्रे, कार्यसमिति सदस्य धर्मराज पराजुलिको उपस्थिति रहेको थियो।

स्याङ्जाका ११ वटै स्थानिय निकायमा आवश्यकता अनुसार वालिङबाट आफ्नो स्थानमा लिएर जान सकिने बताइएको छ, यसको निम्ती मेयर दिलिप प्रताप खाँणलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिका विदेशस्थित २० वटा देशमा सक्रिय कमिटि रहेका छन्। संस्थाका सम्पुर्ण पदाधिकारी तथा विदेशमा रहेका एनसिसिहरुको आपसी समझदारी र सहकार्यबाट मात्र यो काम गर्न सम्भव भएको संस्थाका अध्यक्ष जीवन न्यौपाने बताउछन्।

जिल्लामा केहि घटना भएको थाहा पाउने बित्तिकै स्याङ्गजा सहयोग समाजका मित्रहरुले के गर्न सकिन्छ भनेर सल्लाह लिने देखि सहकार्य गर्न खोज्नुले नै आफुहरु खुशी भएको वालिङका नगरप्रमुख दिलिप प्रताप खाँणको भनाइ छ।

भर्चुअल माध्यम बाट जिल्लाभरिका बुद्धिजीवी, स्थानिय निकायका मेयरहरु, गाउपालिका प्रमुख,हरु संरक्षक, सल्लाहकार तथा कार्यसमिति सदस्य ज्यूहरुको सल्लाह बमोजिम अक्सिजनको निम्ति सहयोग गरिएको छ। आगामी दिनमा घुम्ती एम्बुलेन्स संचालन तथा अत्यावश्यक सेवाको निम्ति तयारि गरिएको अध्यक्षले बताएका छन्।

काठमाडौमा रहेका अजिटम बालबालिका,अविरल बर्षाका कारण भत्किएको घरमा सहयोग गर्ने देखि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको सस्थाले पछिल्लो समय जिल्लाका विभिन्न भागमा सहयोग प्रदान गरेको छ । सस्थाले पछिल्लो समय जिल्लामा बाडी पहिलो देखि कोरोनाका कारण मृत्यु हुनेको परिवारसम्मलाई सहयोग गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.