बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर सामाना गर्दै गरेको स्याङ्जाको वालिङ नगरपालिका वडा न २ र ४ लाई विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अर्मादी कल्याणकारी समाज र भोलिन्ट्यर्स क्रपस नेपालले संयुक्त रुपमा माक्स १००० थान, अक्सिमिटर १० थान, थर्मोमिटर १० थान, स्यानिटाइजर १० लिटर र सिटामोल ४०० थान हस्तान्तरण गरेको छ । अर्मादी कल्याणकारी समाजका तर्फबाट बाबुराम चापागाईको सहजिकारणमा उक्त स्वास्थ सामाग्री वडा अध्यक्ष तथा प्रतिनिधिलाई हस्तान्तरण भएको हो । सोही कार्यक्रममा भोलिन्ट्यर्स क्रपस नेपालका अध्यक्ष दिपक चापागाईंले हजुरबुबा मित्रलाई चापागाईको स्मृतिमा वडा न ४ स्थित श्री हिमाली मा वि लाई खेलकुद मैदान निर्माणका निम्ति नगद दस हजार र दुईवटा स्ट्रेचर पनि प्रदान गर्नु भएको छ ।