headline 1गण्डकीदेशराजनीति

गण्डकीका मुख्यमन्त्रीले गरे शिलन्यास : पालिका बेखबर

मुख्यमन्त्रीले लोकतान्त्रिक प्रणाली व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप लगाउँदै पलिकाका अध्यक्ष सुधिर कुमार पौडेल भन्छन् , ‘प्रदेश सरकार चलाउने खुबी छैन , स्थानीय सरकार माथि हस्तक्षेप ।’

सुशील सुवेदी
स्याङ्जा , २२ असार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङ्जाको एक अस्पताल शिलन्यास गरे । तर , स्थानीय सरकार बेखबर बनेपछी यसको विषयमा चर्को विवाद सुरु भएको छ । स्याङ्जाको आँधीखोला–५, सेती दोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किएपछि यस विषयम आँधीखोला गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ ।
‘आँधीखोला गाउँपालिकाको सम्पत्तिमा मुख्यमन्त्रीको रजाई यो कुनै कानुन सम्बत छैन ’ गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल भन्छन् , ‘आँधीखोला विकास तथा स्वच्छता समुहले पालिकालाइ हस्तान्तरण गरेको अस्पतालमा शिलन्यास हुँदा पालीकालाई बेखबर गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ’


मुख्यमन्त्री नेपालीले गत १९ गते १५ शैयाको आँधीखोला सामुदायिक अस्पतालको एनेक्स विल्डिङको शिलन्यास गरेका थिए । २०६७ सालमा महायज्ञ गरेर आँधीखोला विकास तथा स्वच्छता समुहले उक्त अस्पताल निर्माण गरेको थियो ।
निर्माण सम्पन्न भई अस्पताल चल्न नसकेपछि ०७६ जेठ १६ गते पालिका स्तरिय बनाएर संचालन गर्न उक्त समुहले गाउँपालिकालाई पत्राचार गरेको थियो । उक्त संस्थाले अस्पतालको जग्गा, भवन मात्रै नभई भवनभित्र रहेका मेशिनरी सामान पनि गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
एक पटक हस्तान्तरण भैसकेको स्थानीय सरकारको सम्पत्तिमा एक पक्षीय ढंगले शिलन्यास गर्न आउनु मुख्यमन्त्रीको ओज घटेको गाउँपालिकाको आरोप छ ।
मुख्यमन्त्रीले लोकतान्त्रिक प्रणाली व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप लगाउँदै पलिकाका अध्यक्ष सुधिर कुमार पौडेल भन्छन् , ‘प्रदेश सरकार चलाउने खुबी छैन , स्थानीय सरकार माथि हस्तक्षेप ।’

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.