सुशील सुवेदी
स्याङ्जा , असार २३
अपराधिक घटनामा संलग्न भएकाले भागेर छुटकारा पाउँछन् ? यो जिज्ञासा जनमानसमा हुन स्वभाविक हो । तर, स्याङ्जाका प्रहरीहरुले अपराधिक घटनामा संलग्न भएर सजाए तोकिएका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ६ का मोती प्रशाद गुरुङले वि.सं २०३९ सालमा सवारी ज्यानको मुद्धा खेपेका थिए । अदालतले गुरुङलाई दोषी ठहर गरी सवारी ज्यान मुद्धमा सजाए सुनायो । गुरुङ सजाए नभोगी फरार रहे । ३९ वर्ष पछि प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्धामा फरार रहेका गुरुङ जस्तै २० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जबर्जस्ती करणी , लागु औषध , वैदेशिक रोजगार ,ज्यान लगाएतका विभिन्न मुद्धामा फैसला भएका तर सजाए नभोगी लुकिछिपी बसेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ७८ असार ७ गते देखि २२ गते सम्म खोजि कार्य सुरु गरेको प्रहरी नायव उपरीक्षक राजेन्द« अधिकारीले बताए । ‘कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने भएकोले हामिले २ हप्तादेखि निगरानी गरेका थियौँ । ’अधिकारीले भने , ‘अपराध पश्चात पनि विना सजाए समाजमा रहँदा उनीहरु अपराधिक गतिविधिमा उत्साहित हुन सक्ने भएकोले उनीहरुलाई पक्राउ गरिएको हो ।’