स्याङजाको पुतलीबजार नगरपालिका द्धरा चौध वटै वडाका कर्मचारीहरुलाइ क्षमता विकास तालिम प्रदान

मेरो दुष्टि सम्बादाता ,भदौ ५

पुतलीबजार नगरपालिका भित्र रहेका १४ वटै वडाका सचिवहरु, सहायक सचिवहरु र पालिकामा रहेका सहायक स्तरका कर्मचारीहरुको क्षमता विकासका लागि तालिम शुरु भएकोे छ । पुतलीबजार नगरपालिकाको आयोजनामा पालिकाको सभाहलमा ७ दिने तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कर्मचारी सक्क्षम भए मात्रै नगरपालिकाको राम्रो चर्चा हुने बताउदै कर्मचारीहरुलाई आ–आफ्नो क्षेत्रमा जानकार हुुन सुझाईन् । नगरप्रमुख क्षेत्रीले कर्मचारीहरुलाई राम्रो बनाउन पालिकाले तालिमको आयोजना गरेकोे बताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न कर्मचारीहरुलाई अनुरोध गरिन् । उनले कर्मचारीहरुलाई प्रविधि मैत्रि हुन पनि सुझाव दिईन् । तालिममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा र शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले मन्तव्य राखेका थिए । ७ दिन सम्म संचालन हुने तालीममा कम्प्युटर, सूचना प्रविधी, व्यक्तीगत घटनाको अनलाईन दर्ता, सामाजीक सुरक्षा भत्ताको अनलाईन दर्ता तथा नविकरण, विभिन्न कार्यालयहरुमा गरिने सिफारीस र सम्बन्धीत ऐन नियमका बारेमा कक्षा संचालन हुने योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिए ।२५ जना कर्मचारी सहभागिता रहेको पहिलो दिनको तालीममा सूचना अधिकारी मुक्त गुरुङ, योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकाल, कम्प्युटर अपरेटर पर्शुराम अधिकारी र कर्मचारी अनन्त रेग्मी लगायतले कक्षा संचालन गरेका थिए । नगरप्रमुुख सिमाकुमारी क्षेत्रीको अध्यक्षतामा शुरु भएकोे तालिमको संचालन योजना प्रशासन अनुगमन अधिकृत ताराचन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.