headline 2प्रबिधि

निशुल्क ईलेक्ट्रिसियन तालिम शुभारम्भ

वालिङ नपा १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले भने ‘उनले भने ‘अवको युग प्रविधिको युग हो कुनै पनि विधामा सिप र दक्षता नभए त्यो व्यक्ती स्वतह पछाडी पर्छ । ’

निशुल्क ईलेक्ट्रिसियन तालिम शुभारम्भ
मेरो दृष्टि संवाददाता
स्याङ्जा , जेठ २०
स्याङ्जाको वालिङमा १० महिने निशुल्क लेभल २ प्रोफेसनल विल्डिङ ईलेक्ट्रिसियन तालिम शुभारम्भ गरिएको छ ।
एन्सोयोर परियोजनाको आर्थिक सहयोग , जिनियस मल्टि टेक्निकल प्रा.ली पोखराको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेजको प्राविधिक सहयोगमा उक्त कार्यक्रम संचालन भएको हो ।


लेभल २ प्रोफेसनल विल्डिङ ईलेक्ट्रिसियन तालिम शुभारम्भ गर्दै वालिङ नपा १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले सिप भएको व्यक्ती विश्वको सबै कुनामा बिक्न सक्ने बताए । उनले भने ‘अवको युग प्रविधिको युग हो कुनै पनि विधामा सिप र दक्षता नभए त्यो व्यक्ती स्वतह पछाडी पर्छ । ’


प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषद ( सिटीईभिटी ) बाट सम्बन्धन प्राप्त कार्यक्रममा सहभागी हुन बाँके बाजुरा सिराहा दोलखा सहित ७ जिल्लाका ४० जना प्रशिक्षार्थी सहभागी भएका छन् । यस कार्यक्रममा सहभागी भएर उतीर्ण हुने प्रशिक्षार्थीले प्राविधिक चौथो तहमा समेत प्रतिस्प्रर्धा गर्न सक्नेछन् ।
शुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणीज्य महासंघका केन्दि«य सदस्य शोभकान्त पौडेल , संचारकर्मी सुशील सुवेदी , वालिङ नपाका रोजगार संयोजक पवन बस्याल लगाएतले बोलेका थिए ।

आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेजका अध्यक्ष गुमान सिंह रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपक लम्सालले गरेका थिए भने स्वागत मन्तब्य कलेजका उपाध्यक्ष नामदेव सुवेदीले राखेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.