विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुृभकामना आदन प्रदान नगरेको वालिङ उध्योग वाण्ज्यि संघले यस पटक भने विगतको बर्षहरु जस्तै दशैंको उपलक्ष्यमा सुभकामना आदन प्रदान कार्यक्रम राखेको छ । दशैको पुर्व सन्ध्यामा वालिङ उध्योग वाणिज्य संघले संधीय जनप्रतिनिधि देखि स्थानिय जनप्रनिनिधि लाइ निम्तो गरेर सुभकामना आदन प्रदान कार्यक्रम राखेको हो । पुर्व मन्त्री पद्मा कुमारी अर्याल,प्रदेश सभासत मोहन रेग्मी र स्थानिय सरकार दिलिप प्रताप खाँड संगै अन्य सामाजिक व्यतिmत्व उपस्थित रहेको कार्यक्रममा नेपाली हरुको महान पर्वहरुको सुभकामना आदन प्रदान साथै वालिङको विकासको छलफल समेत चलेको थियो । कार्यक्रममा पुर्व कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले आफु मन्त्री हँुदा वालिङको विकासको निम्ति सधै सकरात्मक रहेको बताउदै बजेट कुनै कमि हुन नदिएको बताउनुभयो । विगतका दिनमा जे जस्तो भएता पनि अब राजनैतिक दलहरुका बीचमा सहकार्य गर्दे अगाडी बढ्नु पर्ने आवश्यकता रहेको पुर्व मन्त्री अर्यालको भनाइ थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले असल राजनैतिक संस्कारले नै नागरिकको समस्या हल गर्न सकिने बताउनुभयो । उहाँले सम्पूर्ण राजनैतिक दलहरुको सिद्धान्त असल रहेको उल्लेख गर्दै सबै दलहरुले राजनैतिक सिद्धान्तलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश सभासत मोहन रेग्मीले विगतको सरकारले गरेको विकासको बारेमा छलफल गर्नु पर्ने आवश्यकता देखिएको बताउनुभयो । वितको सरकारले ल्याएको बजेटलाइ इन्कित गर्दे रेग्मीले संधीय र प्रदेश सरकारले छुट्याएको वालिङको विकास बजेट बर्तमान सरकारले बकटौटी गरेको भन्दै टेवलमै छलफल गर्नु पर्ने दिन आएको रेग्मीको भनाइ थियो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाण्ज्यि संधका केन्द«ीय सदस्य शोभाकान्त पौडेलले देश विकासको लागि निजी क्षेत्रको विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्र देश विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले औद्योगिक विकासको लागि सम्पूर्ण राजनैतिक दल,लगानीकर्ता र सरोकारवाला निकायहरुको बीचमा बृहत छलफल हुन आवश्यक रहेको पौडेलको भनाइ थियो । पौडेलले वालिङको विकासको निम्ति उद्योग वाणिज्य संघले खेल्नु पर्ने भुमिकामा कुनै तुक नराखी विभिन्न कार्यक्रम गर्दे आइरहेकोले विगतमा कोरोनाको कारण रोकिएको मेला,महोत्सव जनजिवन सामान्य अवश्थामा फर्किएपछि निरन्तरता दिने पौडेलको भनाइ थियो ।