headline 1देशराजनीति

नगरको रातो नं प्लेट सवारीलाई बनाइयो सेतो नं प्लेट

२ वर्ष अगाडि गृहमन्त्रालय मार्फत रातो नं प्लेटलाई सेतोमा परिवर्तन गर्नु भनी नगरपालिकामा परिपत्र आएको थियो । तर , गृहको परिपत्र पनि कार्योन्वयनमा आउन सकेन ।

 

सुशील सुवेदी
स्याङ्जा , ०८ जेठ

सरकारी , संस्थान वा निजी सवारी साधन नं प्लेटको आधारमा पहिचान हुन्छ । आर्थिक लगानी पनि सोही आधारमा हुने गर्दछ । रातो नं प्लेटलाई निजी र सेतो नं प्लेटलाई सरकारी पैसा खर्च गरेर खरिद गरिन्छ । तर , स्याङ्जाको वालिङ नगरपालिकामा सरकारी लगानीमा रातो नं प्लेटको गाडी खरीद गरिएको थियो ।
७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि मेयर दिलीप प्रताप खाँण चढ्ने गाडी रातो नं प्लेटमा खरिद गरिएको थियो ।

रातो नं प्लेट भएपछि बिदाको दिन प्रयोग गर्न पाइने जिल्ला प्रशासन सँग अनुमति लिनुनपर्ने भएकोले पनि यसो गरीिको नगरवासीको भनाइ छ ।

७९ को स्थानीय तहको निर्वाचन पश्चात यस साधनलाई सेतो नं प्लेटमा परिवर्तन गरिएको छ । ग.२.च ६६१७ को रातो गाडीलाइ ग १ झ ६१५ नं को सेतो प्लेटमा परिवर्तन गरिएको हो ।

२ वर्ष अगाडि गृहमन्त्रालय मार्फत रातो नं प्लेटलाई सेतोमा परिवर्तन गर्नु भनी नगरपालिकामा परिपत्र आएको थियो । तर , गृहको परिपत्र पनि कार्योन्वयनमा आउन सकेन ।

सवारी साधन प्रयोग सम्बन्धी लगबुक सबै कार्यालयले अनिवार्य रूपमा राख्नुपर्ने र स्थानीय तहले सरकारी साधन व्यवस्थापन , अनुगमन तथा नियमन गर्नुपर्ने कानूनी व्यवस्था छ । सरकारी सवारी साधन बिदाको दिनमा सञ्चालन गर्न नपाइने, कार्यालयको काममा मात्रै सवारी साधनको प्रयोग गर्नुपर्ने भएकोले नं परिवर्तन नगरिएको नगरवासीको भनाइ छ ।

सरकारी साधन दुरुपयोग हुनसक्ने भन्दै पदवहाली पूर्व नै सेतो नं प्लेट परीवर्तन गराइएको नवनिर्वाचित मेयर कृष्ण खाँणले बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.