हेभी वेट्का दुई प्रतिस्पर्धी स्याङजामाः एमाले केन्दि«य सचिब पद्मा कुमरी अर्याल र कंग्रेस उपसभापति धनराज गुरुङ

माधब गैह्रै,स्याङजा असोज २४

देशभर प्रतिनिधि सभा र प्रशेश सभाको मनोनयन दर्ता भइरहेको अवश्थामा स्याङ्जामा पनि २ ठाँउमा मनोनयन दर्ता गरिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङजामा क्षेत्र नं १ अन्तर्गत जिल्ला प्रशासन कार्यलयमा मनोनयन दर्ता गरिएको छ भने छेत्र न २ अन्तर्गत वालिङ नगरपालिकको कार्यालयमा दर्ता गरिएको छ । विगतको समयमा स्याङजाको निर्वाचनलाई सामान्य रुपले हेरिएता पनि यस पटक भने स्याङजामा दुई हेविवेट नेताका बीचमा प्रतिस्पर्धा हुनेभएपछि यो निर्वाचन देश भर चासोको रुपमा हेरिने भएको छ । २०७४ मा कांग्रेसका पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित पारेकी नेकपा एमालेबाट पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा आर्याल र गठबन्धनको तर्फबाट कांग्रेसको भागमा परेको केन्द्रीय उपसभापति धनराज गुरुङको उम्मेदवारी परेपछि निर्वाचन चासोको बिषय बनेको हो । पद्धमा अर्याल राज्यमन्त्री हँुदै दुई पटक मन्त्री भएकी थिईन भने १० औं महाधिवेशनबाट एमालेको केन्द्रीय सचिवमा निर्वाचित भएकी सफल नेत्री हुन भने गुरुङ निष्ठाको राजनीति गर्ने प्रष्ट बोल्ने राजनीतिज्ञको रुपमा केन्द्रीय चिनिदै आएका छन् । स्याङजाको क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा मा नेपाली काङ्ग्रेस जिल्ला सभापति राजु थापा र एमाले बाट नारायण मरासिनि बिच तेस्रो पटक भिडन्ट हुने भएको छ । २०७० सालको निर्वाचन देखि प्रतिस प्रधि रहेका मरासिनि र थापा २०७९ सालको निर्वाचन सम्म आई पुग्दा तेस्रो पटक भिड्ने भएका हुन । २०७० सालको संधिभान सभाको निर्वाचनमा थापा बिजय भएका थिय भने २०७४ सालको निर्वाचनमा भने मरासिनि विजय भएका थिय । युवाहरु माझ लोकप्रिय रहेका यी दुबै नेताको तेस्रो पटकको निर्वाचनमा के हुनेहो भन्न भने सकिने अवश्था छैन् । प्रतिनिध सभाको निर्वाचन २०७४ सालमा गठबन्धनबाट निर्वाचन लडेका मरासिनीले ३९२२६ मत प्रप्त गरेका उनका प्रतिद्धन्दि थापाले २८६६२ मत प्रप्त गरेका थिय । त्यस्तै स्याङजा क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट पद्धमा अर्यालले ३५१४२ मत प्राप्त गरि बिजय भएकी थिईन भने उनकी प्रतिद्धन्दि गोपालमान क्षेष्टले ३१४३६ मत पाप्त गरेका थिय ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.