भ्रष्टाचारको झुट्टा आरोप लगाउनु विपक्षिमा हारको मानसिकता हाबी भएको जिकिर:पद्मा कुमारी अर्याल

सुदिप सुवेदी
स्याङ्जा
१८,कार्तिक
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य पदकि उमेद्दवार पद्मा कुमारी अर्यालले चुनावि नारा बनाउनका लागि बिपक्षिहरुले मिथ्या
आरोप आफूमाथि आएकोमा खण्डन गर्नुभएको छ।

बुधबार प्राईम टाईम्स टेलिभिजनको चुनावी महासग्रांम कार्यक्रममा रिषि धमलासंग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।भष्ट्राचारसंग जोडिएका विभिन्न आरोपहरुको प्रमाण भए आफ्ना गठबन्धन सरकारले के हेरेर बसेको भन्दै प्रश्न समेत गर्नुभएको छ।

विपक्षिहरु आफ्ना चुनावी नारा र कार्य योजना भन्दापनि गलत आरोपको हल्ला पिटिरहनु हारको मानसिकता भएको जिकिर समेत गर्नुभएको छ।
आफू सरकारमा रहदाँ जिल्लाका लागि बिभिन्न काम गरेको स्पष्ट पार्दै उहाँले, जनताको भावनालाई नै बुझेर भावी समय जिल्लावासिकै सेवामा प्रयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ।कार्यक्रममा त्यस क्षेत्रका जनताले राखेको जिज्ञासाको उत्तर दिनुहुदैँ अर्यालले, यस क्षेत्रको भुगोललाई बालापन देखि बुझेकाले जनतामाथि कुनै पनि धोका आफूबाट हुन नसक्ने अठोट गर्नुभएको छ।उक्त बहस भने नेपाली काग्रेंसका नेता धनराज गुरुङ् र नेकपा एमालेकि पद्मा कुमारी अर्यालका बिच छुट्टा छुट्टै भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.