जिल्लामै पहिलो डिप्लोमा फार्मेसीको कक्षा सञ्चालन कार्तिक २० देखि,अभिमुखिकरण सम्पन्नःवालिङ् स्कोलर्स फाउन्डेसन

सुदिप सुवेदी
स्याङ्जा
कार्तिक,१९
स्याङ्जा जिल्लामै पहिलो पटक डिप्लोमा लेभलको (फार्मेसि) अध्यापन शुरु गरेको वालिङ् स्कोलर्स फाउन्डेसनले यस संकायको कक्षा सञ्चालका लागि एक दिने अभिमुखिकारण कार्य सम्पन्न गरेको छ।

प्रवेश परिक्षा, विद्यार्थि भर्ना कार्य सम्पन्न गरि अहिले जिल्ला भित्र र बाहिरका सबै विद्यार्थिहरुको ,कार्तिक २० गतेबाट कक्षा सञ्चालन हुनेभएपछि अभिमुखिकरण कार्यक्रममा जोडिएको वालिङ् स्कोलर्स फाउन्डेसनका प्राचार्य प्रदिप बगालेले जानकारी दिनुभएको छ।

४० वटा सिट रहेको ३ वर्षे डिप्लोमा लेभलका लागि बिद्यार्थिहरुको आगमन र बसाई शुरु भएसंगै कक्षाहरु निरन्तर हुने प्रतिषिठानका निर्देंशक कृष्ण प्रसाद डुम्रेले बताउनुभएको छ।उक्त अभिमुखिकरण पश्चात विद्यार्थिहरु गुणस्तरिय पढाईमा आफुहरुको सक्रियता रहने प्रतिबद्दता समेत जनाएका थिए।

अभिमुखिकरण कार्यक्रमको अध्यक्षता संचालक समितिको अध्यक्ष मणि प्रसाद पराजुलिले गर्नुभएको थियो भने सञ्चालन सुदिप सुवेदीले गर्नुभएको थियो। बिद्यार्थिहरुसंग मुख्य अन्तरक्रियाको सहजिकरण भने फार्मेसि बिभागका संयोजक दिपक अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.