headline 1राजनीति

कठै !!!!! चापाकोटका जनता : न बोल्न न मतदान गर्न

कठै चापाकोटका जनता : न बोल्न न मतदान गर्न
सुशील सुवेदी
स्याङ्जा , ५ मंसिर

मुलुकमा जब निर्वाचन घोषणा हुन्छ , चापाकोटका जनता भने पीरलोमा पर्छन् । चाहे स्थानीय तह होस् चाहे संघ प्रदेशको निर्वाचनमा कहिल्यै स्वच्छ निर्वाच हुने अवस्था भएन । यस पटक भने निर्वाचन आयोगले देशभर स्वच्छ निर्वाचन सम्पन्न गर्ने प्रयास गर्यो । चापाकोटको नर्वाचन पनि स्वच्छ हुनेमा यहाँका मतदाता ढुक्क थिए । २० वर्षदेखि आफ्नो मताधिकार प्रयोग गर्न नपाएका यहाँका मतदाताले यस पटक पनि जनप्रतिनिधि चुन्न पाएनन् ।
चापाकोटको वडा नम्वर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र ५ मा रहेको जनराष्ट्रीय माध्यमिक विद्यालय चिदिपोखरी र दिनदयालु आधारभूत विद्यालय मतदान केन्द्र क्याप्चर भए । यहाँका मतदाता र नेता कार्यकर्तालाई यो विषय नौलो होइन । तर , निर्वाचन आयोगले धाधली रहित स्वच्छ निर्वाचन भन्दै गर्दा आयोगलाइ चुनौती हो ।
यहाँका जनताले गोप्य होइन पछाडि राजनैतिक दलका प्रतिनिधिलाइ देखाएर मतदान गर्नुपर्ने बाध्यता छ । कि उनीहरुले भनेको दलमा भोट हाल्नुपर्यो कि ज्यान जोखिमा राख्नुपर्यो । त्यसैले , यहाँ खटिने प्रहरी , मतदान अधिकृतको मानसिकता नै चापाकोट परियो फर्किन्छ कि फकिन्न भन्दै मतदान गराउन जानुपर्ने बाध्यता थियो । यता आँफूले रोजेको प्रतिनिधि चुन्न नपाएपछि भोट हाल्न नआउने मतदाता पनि उल्लेख्य छन् । तर , मतदान केन्द«मा नआएका मतदाताको पनि मत खस्यो । स्वस्तिक छाप लगाउने अरु नै खटिन्छन् । कोहि बोल्ने आँट नै हुँदैन । किनभने त्यस्तै युवाको शत्तिले सुरक्षा निकाय , मतदान अधिकृत समेत ज्यानको जोखीम लिन सक्दैनन् ।
आफ्नो नाम नबताउते शर्तमा एक मतदाता भन्छन् , ‘बोले ज्यान जाने डर नबोले आफ्नो मताधिकार प्रयोग गर्न पाइँदैन । कि उनीहरुले स्वस्तिक छाप लगाइदिन्छन् कि उनीहरुलाइ देखाएर रुख चिन्ह मा नै मतदान गर्नुपर्छ । ’ यस्तै कमेरेका एक मतदाता भन्छन् ,‘ हामी भोट हाल्न जाँदा त अर्कैले हाल्दिसकेछन् । ’
जिल्लाभर २ लाख ४४ हजार मतदाता थिए । तर , ५७ प्रतिशत मात्र मतदाताले मताधिकार प्रयोग गरे । जिल्लाको सुगम तथा बजारी क्षेत्रमा ५० देखि ५५ प्रतिशत मत मात्रै खसेको देखिन्छ । कब्जा भएका मतदान केन्द«मा झण्डकै शत प्रतिशत मत खसेको देखिन्छ ।
१६४१ मतदाता रहेको दिसिङ्कोट आधारभूत विद्यालयमा १५६० मत खस्यो । १४६६ मतदाता रहेको राममन्दिर माध्यमिक विद्यालय दार्शिङमा १४३८ मत खसेको छ । यस्तै दिनदयालु आधारभूत विद्यालयमा ४६९ मतदाता थिए । यहाँ ४६० मत खसालियो । जनराष्ट्रीय माविमा ९९१ म्तदाता मध्ये ८९१ मत खसेको छ । यसरी ४ वटा मतदान केन्द्रमा ४३५५ मत कब्जा भएको नेकपा एमालेका उम्मेदवारले बताए ।

निर्वान अवधिभर स्याङ्जाको चापाकोट १ र पेलाकोट ७ मा एक एक राउण्ड हवाइ फायर समेत भयो । चापाकोट नगरपालिकामा ४ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा प्रतिनिधिले पुन: मतदानका लागि निवेदन दिएका छन् । पुन: मतदान गराउनका लागि नेकपा एमाले तर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा.बुद्धिमान श्रेष्ठ र प्रदेश ख का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ का अधिकृत रामचन्द्र शर्मा पौडेलले उक्त निवेदनको निर्णय निर्वाचन आयोगले गर्ने भन्दै फरवार्ड गरिएको जानकारी गराए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.