नेकपा यस निकट युवा संघको अध्यक्षमा सुन्दरजंग कुँवर
मे.दृ संवाददाता
नवलपुर, माघ २३

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठन समाजवादी युवा संघ नेपाल नवलपुरको अध्यक्षमा सुन्दरजंग कुँवर चयन भएका छन् ।
आज आइतवार जिल्ला पार्टी कार्यालय कावासोतीमा सम्पन्न पाचौ बैठक एवम जिल्ला कमिटी पुनर्गठन कार्यक्रममार्फत कुँवरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।
जिल्ला कमिटिको उपाध्यक्षमा लक्ष्मण पाण्डे र अर्जुन बि क, सचिवमा ऋषि डुम्रे, उपसचिवमा भिम बस्नेत र कोषाध्यक्षमा समिक्षा मर्दनिया चयन भएका निवर्तमान अध्यक्ष रामु पौडेलले जानकारी दिए ।
बैठक तथा पुर्नगठन भेलाको अध्यक्षता युवा संघ नवलपुर जिल्ला अध्यक्ष रामु पौडेलले गरेका थिए भने नेकपा एकीकृत समाजवादी केन्द्रिय अनुशासन आयोगका सदस्य धनन्जय शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
युवा संघ नेपालका स्थायी कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज प्रेमनारायण पाण्डे, युवा संघ नेपाल सचिवालय सदस्य तथा सह ईन्चार्ज प्रेम भट्ट र अनेरास्ववियू केन्द्रिय कमिटिका सचिव ठाकुर पराजुलीले नयाँ जिल्ला कमिटिलाई सफलताको शुभकामना दिएका थिए । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठन समाजवादी युवा संघ नेपाल नवलपुरको अध्यक्षमा सुन्दरजंग कुँवर चयन भएका छन् ।
आज आइतवार जिल्ला पार्टी कार्यालय कावासोतीमा सम्पन्न पाचौ बैठक एवम जिल्ला कमिटी पुनर्गठन कार्यक्रममार्फत कुँवरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।
जिल्ला कमिटिको उपाध्यक्षमा लक्ष्मण पाण्डे र अर्जुन बि क, सचिवमा ऋषि डुम्रे, उपसचिवमा भिम बस्नेत र कोषाध्यक्षमा समिक्षा मर्दनिया चयन भएका निवर्तमान अध्यक्ष रामु पौडेलले जानकारी दिए ।

बैठक तथा पुर्नगठन भेलाको अध्यक्षता युवा संघ नवलपुर जिल्ला अध्यक्ष रामु पौडेलले गरेका थिए भने नेकपा एकीकृत समाजवादी केन्द्रिय अनुशासन आयोगका सदस्य धनन्जय शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
युवा संघ नेपालका स्थायी कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज प्रेमनारायण पाण्डे, युवा संघ नेपाल सचिवालय सदस्य तथा सह ईन्चार्ज प्रेम भट्ट र अनेरास्ववियू केन्द्रिय कमिटिका सचिव ठाकुर पराजुलीले नयाँ जिल्ला कमिटिलाई सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्