शिक्षा क्षेत्रमा गल्याङ नगरपालिकाको लगाव,छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

गोविन्द खनाल
बैसाख,२५

स्याङजाको गल्याङ नगरपालिकाले आर्थिक अभाव भएका छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ । आज भएको कार्यक्रमका विच नगरप्रमुख गुरु भट्राईले गरिव तथा जेहेन्दार विधार्थीहरुका लागि छात्रवृत्ति वितरण कार्यक्रम घोषणा गर्नु भएको हो । शिक्षा क्षेत्र सुधर गरे मात्र समाजमा केही परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचका साथ अगाडी बढेका भट्राई आफु बिजयी भए पछि शिक्षा क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्दे आईरहनुभएको छ । गत स्थानिय तहको निर्वाचनमा विजयी भएपछि पहिलो कार्य शिक्षा क्षेत्रको सुधार भनेर उद्धोष गरेका भट्राईले क्रमस शिक्षा क्षेत्रमा भएका कमीकम्जोरी हटाँउदै विद्यालयका भवन बनाउने, कक्षा कोठा थप गर्ने , अपुग शिक्षक परीपुर्ती गर्ने जस्ता कार्यहरु गर्दे आईरहेका छन् । पछिल्लो समयमा बेरोजगारीको संख्या बृद्धी भएसंगै आर्थिक अभावमा मासिक शुल्क तिर्न नसकि शिक्षाबाट वञ्चित हुनेको संख्या पनि बृद्धी हुँदै जान थालेपछि शिक्षा मा सबै को पहुँच पुर्याउने उद्देश्यले गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृत्ति प्रदान गरिएको प्रमुख भट्टराको भनाई छ । नगर प्रमुख भट्राईले आज गल्याङ बहुमुखी क्याम्पस र मालुङगा बहुमुखी क्याम्पस मा अध्ययनरत ७८ जना र गल्याङ नगरपालिका भित्रका सामुदायिक विधालयमा कक्षा ११(१२ मा अध्ययनरत १३६ जना लाई गरि जम्मा १३ लाख ८ सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.