माधब गैह्रे,स्याङजा
जेठ ,२
विपिसिले गरेको विद्युत महसुल बृद्धी फिर्ता नगरे चरणबद्ध आन्दोलन हुने चेतावानी सहित स्याङजाको वालिङमा रहेका विभिन्न पार्टी तथा प्रतिनिधीले ध्यानआकर्षण पत्र बुझाएका छन् । वालिङ स्थित विपिसिको शाखा कार्यालयमै पुगी नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा मावोवादी, रास्पा, नेकपा समाजवादी,राष्ट्रीय जनमोर्चा लगाएतका पार्टी तथा प्रतिनिधीले विपिसिको कार्यालय प्रमुखलाई महसुल बृद्धी चित्त नबुझेको भन्दै ज्ञापन पत्र बुझाएका हुन । स्थानीय उपभोक्ता र बुटवल पाबर कम्पनी विच भएको सार्वजनिक सुनुवाई कार्यक्रमको हाल बुटवल पावर कम्पनीले विद्युत महशुल बृद्धी नगर्ने र भईरहेको सेवालाई भुणस्तरीय बनाउदै लैजानु पर्ने भन्ने सmुभाव आएता पनि उतm सुझावलाई वेवास्ता गर्दे पेलेर जान खोजेकोले ज्ञापन पत्र बुझाउन बाध्य भएको विभिन्न पार्टी तथा प्रतिनिधीको भनाई छ । ज्ञापन पत्रमा उल्लेख अनुसार कम्पनीको आम्दानी र खर्च विवरण छुट्टाछुट्टै देखाई कम्पनी घाटामा गएको देखाएको र कम्पनीको अध्यक्ष दिल्ली बहादुर सिंहको कार्यकाल सकिनै लाग्दा गरिएको विद्युत महशुलको बृद्धीले आर्थिक चलखेको आसंका भएको उतm पत्रमा उल्लेख गरिएको छ । आम उपझोतालाई प्रभाव पर्ने गरी गरिएको महशुल कार्यान्वन नगर्न माग राखेका पार्टीका प्रनिधिले ज्ञापन पत्रलाई व्यवास्ता गरे चरण बद्ध आन्दोलन हुने र त्यसको क्षती विवरण विद्युत नियमन आयोग र विपिसि कम्पनीले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत बिक्री गर्दै आएको छ । विपिसिले सञ्चालन, मर्मतसम्भार खर्च बढी भएको भन्दै कम्पनी आयोगमार्फत बढीमा प्रतियुनिट १३ रुपियाँ ५० पैसा महसुल प्रस्ताव गरेको थियो । यस अघि उपभोक्ताले बढीमा सात रुपियाँ महसुल बुझाउँदै आएका थिए । अब उपभोक्ताले बढीमा १० रुपियाँ ३० पैसा महसुल तिर्नुपर्ने भएको छ ,यो ईनर्जी खपत शुल्क हो भने न्यूनतम शुल्कमा समेत भारी वृद्धि भएको छ । यस अघि न्यूनतम एक सय रुपियाँ तिर्दै आएका उपभोक्ताले अब बढीमा दुई सय ५० रुपियाँसम्म तिर्नुपर्ने हुन्छ ।