कालीगण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , ०४ पुष
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा नं ३ वैघामा आयोजित सार्वजनिक सुनुवाईमा अधिकाशं सेवाग्राहीले खानेपानीको समस्या रहेको गुनासो गरे ।
वडा नं १ का मोहन सिंह रानाले खानेपानी अभावको कारण आँफूहरु समस्यामा परको जानकारी दिए । रानाले भने, “तल कालीगण्डकी बगेको छ , माथि जनता काकाकुल बनेका छन् । घरघरमा धारा आएको छ तर पानी आउँदैन । ”
सोही कार्यक्रममा , नेपाली काँग्रेसका जिल्ला उपसभापति शेर बहादुर थापाले मालुङ्गा—रीडी र आँधिमुहानलाई करीडोरको रुपमा स्थापित गर्ने हो यहाँको समृद्धि हुने धारणा व्यक्त गरे ।
युवाहरुको चहाना अनुसारका कार्यक्रम ल्याउन सके विदेश पलायन रोक्न सक्ने नेकपा एमाले गाउँ कमिटिका उपाध्यक्ष गोकुल रानाले बताए ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टिका जिल्ला अध्यक्ष बम बहादुर लामिछानेले विभिन्न ठाउँबाट एउटै शिर्षकमा बजेट आउँदा कामको प्रभावकरिता नभएको बताए ।
जनताहरुको गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले ५० वर्षलाई पुग्ने गरी बृहत खानेपानी आयोजनाको निर्माण कार्य संचालनको तयारीमा रहेको बताए ।
पालिकाभित्र युवाहरुको चहाना अनुसार कार्यक्रम ल्याउन पनी पालीका आतुर भएको थापाको भनाई थियो । कालीगण्डकीको समृद्धिको लागी सबै राजनैतिक दल ,सरोकारवाला निकाय र पालीकाबासीको साझा धारणा बनाउनुपर्ने थापाको भनाई थियो ।
पालीकामा ६३ करोड ६४ लाख ६५ हजार कुल बजेट मध्ये चालु आर्थीको वर्षको पहिलो चौमासिक भित्र चालु बजेटको २४%१४ प्रतिशत र पुँजिगत तर्फ २० % खर्च भएको प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाको आयोजना र गह्रौँ कालीका मिडिया हाउसको सहजिकरणमा आयोजित कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालालले स्वागत र संचारकर्मी सुशील सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।