हटिया गृहकोट मानन्धर समाज भवन उत्घाटन, खुला आकास मुनी कार्यक्रम गर्ने दिनको अन्त्य भएको अध्यक्ष मानन्धरको भनाई

मेरो दृष्टि सम्बादाता चैत्र २,वालिङ

स्याङजाको हरिनास गाउँपालिकाको हटिया गृहकोट मानन्धर समाज भवन उत्घाटन गरिएको छ । हरिनास गाउँपलिका वडा नं ४ मा रहेको माथिल्लो हटिया गृहकोट समाज भवनको उत्घाटन गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्नु भएको हो । २०७७ साल बाट निर्माण कार्य सुरु गरिएको गृहकोट समाज भवनको आर्थिक बर्ष २०७७÷७८ मा गाँउपालिकाले पाँच लाख उन्साठी हजार एक सय त्रियासी रुपया बिनियोजन गरेको थियो भने उपभोक्ता बाट दुई लाख सत्साईस हजार छ सय त्रिहत्तर रुपया उपभोक्ताले साझेदारी गरेका थिय । उक्त विनियोजित बजेट बाट भवन सम्पन्न नभए पस्चात पुन गाँउपालिकाले २०७८÷७९ मा तिन लाख चौरहत्तर हजार एक सय दुई रुपयाँ थप बजेट बिजियोजन गर्दा उपभोक्ताले एक लाख उन्पचास हजार छ सय चालिस रुपया साझेदारी गरेका थिय । गाँउपालिका र मानन्धर समाजको संयुक्त लागत साझेदारीमा निर्माण कार्य सुरु भएको भवन कुल चौध लाख तिस हजार नौ सय उन्साठी रुपयाँ लागतमा सम्पन्न भएको हो । भवन निर्माणमा पालिकाले नै लाख त्रिचालिस हजार दुई सय पचासी रुपयाँ बराबरको रकम सहयोग गरेको छ भने उपभोक्ताले चार लाख सतासी हजार छ सय चौरहत्तर लागत साझेदारी गरेका छन् ।

भवन निर्माण सम्पन्न भए पस्चात स्थानीयले खुसी व्यक्त गर्दे लामो समयको पर्खाइ समापन गरिदिएकोले पालीकाको अध्यक्ष सहित पालिकको सिंगो टिम धन्यबादका पात्र रहेको उल्लेख समेत गरेका थिय । पालिकाका अध्यक्ष खिम मानन्धरको अनुसार सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भए पस्चात विवाह,ब्रतबन्ध जस्ता सामाजिक कार्य खुला आकास मुनी गर्नु पर्ने बाध्यताका अन्त्य भएको बताउनुभएको छ । हटिया गृहकोट मानन्धर समाजको उत्घाटन गर्दे अध्यक्ष मानन्धरले आफ्नो कार्यकाल अवधिभर अन्य समुहले निर्माण थालेका भवनको क्रमस सम्पन्न गर्ने उद्धोष समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.