महिला शिप विकासको निम्ति फेदीखोला गाँउपालिका वडा नं २ मा मादल बजाउने तालिम सुरु

रोशन लामिछाने जेष्ठ १८,आँधीखोला

स्याङजाको फेदीखोला गाउँपालिका वडा नं २ मा मादल बजाउने तालिमको शुभारम्भ गरिएको छ । स्थानीय महिला दिदिबहिनीहरुको शिप विकास गर्ने उदेश्यका साथ आज देखि ७ दिन सम्म मादल बजाउने तालिम प्रदान गरिएको हो । तालिमको उत्घाटन गर्दे गाँउपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङले मादल बजाउने तालिम तालिममा मात्र सिति नभई धर्म,सस्कार सस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने बताउनुभयो ।

  1.  

पुस्ता हस्तानतरण गर्न नसक्दा पछिल्लो समय विभिन्न जात जातिका धर्म,संस्कार,संस्कृति हराउदै जान थालेको बताउँदै उपाध्यक्ष गुरुङले मादल बजाउने तालिम सहित अन्य लोपन्मुख संस्कार र संस्कृतिको संरक्षण लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको उपाध्यक्ष गुरुङको भनाई थियो । हाम्रा मौलीक संस्कार,संस्कृति संरुक्षण सहित प्रवद्धन गर्न सक्दा आन्तरिक आयमा बृद्धि गर्न सकिने बताउँदै उपाध्यक्ष गुरुङले धर्म,सस्कार,संस्कृति संरक्षणमा स्थानीयलाई लागी पर्न अनुरोध गर्दे स्थानीय सरकार हैसियतले आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो । मादल बजाउने कार्यक्रम हेर्दा सानो देखिएता पनि अर्थपुर्ण खाले कार्यक्रम भएकोले कार्यक्रम अवधिभर सहभागी सबैलाई मनबाटै सिक्न उपाध्यक्ष गुरुङको अनुरोध थियो । यस्ता खाले कार्यक्रमले समाजमा व्याप्त रहेको रुडीबादी चिन्तनको अन्त्य गर्दे सबल र सक्षम महिलाहरु उत्पादनमा टेवा पुग्ने भएकोले फेदीखोला गाँउपालिकाको वडा नं २ मा मात्र भनई सम्पुर्ण वडामा सञ्चालन गर्नु पर्ने उपाध्यक्ष गुरुङको भनाई थियो । फेदीखोला गाउँपालिका वडा नं २ को आजोजना,तल्लो खड्केटारी सेवा आमा समुहको समन्वय, सामाजिक विकास कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको मादल बजाउने तालिम ७ दिन सम्म चल्ने छ । मादल बजाउने तालिममा मादल बजाउने प्रशिक्षकको रुपमा विजय घतानेले गर्ने वडा नं २ का अध्यक्ष अभिलास गुरुङले बनाउनुभयो । मादल बजाउने तालिम वडा नं २ मा पहिलो पटक प्रयास गरिएकोले यो तालिम फलदायी भएमा यसलाई निरन्तरता दिने लक्ष्य रहेको वडा नं २ का अध्यक्ष गुरुङको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.