दुधमा प्रति लिटर ५ रुपया पाएपछि आँधीखोला गाँउपालिकाका कृषक उत्साहित

मेरो दृष्टि सम्बादाता पौष १,आँधीखोला

कृषि क्षेत्रको पर्वद्धन गर्ने लक्ष्यका साथ स्याङ्जाको आँधीखोला गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारीत कार्यक्रम प्रभावकारी हुँदै जान थालेको छ । उत्पादनमा आधारीत अनुदान कार्यक्रम लागु गर्नु पुर्व दैनिक ३०० लिटर दुध संकलन भएता पनि उत्पादनमा आधारित कार्यक्रम ल्याए संगै अहिले दैनिक ७०० लिटर दुध संकलन हुन थालेको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको भनाई छ । प्रयाप्त अनुगमन र स्पस्ट कानुन नबन्दा सक्कली कृषक भन्दा पनि कागजी प्रकृया मिलाई अनुदान खानेको संख्या बृद्धी हुन थालेको बताउदै गाँउपालिकाले कानुन निर्माण गर्दे असली कृषक सामु पुग्ने उदेश्यका साथ उत्पादनमा आधारित अनुदानको व्यवस्था ल्याएको अध्यक्ष पौडेलले बताउनुभयो । उत्पादनमा आधारीत अनुदान कार्यक्रम सञ्चालन पस्चात कृषि क्षेत्रमा काम गर्ने कृषक उत्साहित बन्न थालेका छन् भने बाँझो जग्गाको समेत सदुपयोग गर्दे व्यवसायीक कृषि कर्ममा कृषक फर्कन थालेका छन् । गाँउपालिकाले उत्पादनमा आधारित अनुदानको स्पस्ट कानुन निर्मण ल्याय संगै दुध उत्पादन गर्ने कृषले प्रति लिटर ५ रुपयाका दरले गाँउपालिकाको तर्फ बाट अनुदान पाँउदै आईरहेको अध्यक्ष पौडेलको भनाई छ । पौडेलको अनुसार कृषकले उत्पादन गरेको दुध बेच्न समस्या नहोस भन्ने उदेश्यले गाँउपालिकाले बाङ्सिङ साना कृषि सहकारी संस्था लिमिटेड सँग सहकार्य गर्दे दुध संकलन केन्द«लाई पनि आर्थिक सहयोग गर्दे आईरहेको छ । दुध संकलनमा केही समस्या नहोस भन्ने उदेश्यले गाँउपालिकाले सहकारीलाई पाँचवटा मिल्क एनालाइजर, पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, , पाँच वटा डिफ्रीज र ५० थान दूध क्यान उपलब्ध गराएको अध्यक्ष पौडेलको भनाई छ । सहकारी मार्फत दुध संकलन गर्दा किसान विचौलियाबाट ठगिने प्रवृत्ति घट्दै गईरहेका र कृषकले उचित मुल्य प्राप्त गरेको भन्दै दुध संकलन केन्द«लाई थप व्यवस्थीत बनाउदै अन्य जिल्लामा पनि निर्यात गर्ने तयारी गरिएको छ गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.