अर्मादी कल्याणकारी समाजको सातौँ अधिवेशन तथा बृहत् बनभोज कार्यक्रम हुँदै

माधव गैह्रै,वालिङ बैसाख १,२०८३

काठमाडौं — अर्मादी कल्याणकारी समाजको सातौँ अधिवेशन तथा बृहत् बनभोज कार्यक्रम आयोजना हुने भएको छ। समाजले २०८३ साल बैशाख ५ गते, शनिबारका दिन सातौँ अधिवेशन, तेह्रौँ साधारण सभा तथा बृहत् बनभोज कार्यक्रम गर्ने जनाएको हो। कार्यक्रममा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम समेत समावेश गरिने सस्थाका सदस्य सागर काफ्लेको भनाई छ।कार्यक्रमलाई विशेष बनाउन अर्मादीखोलाबाट काठमाडौँ आई बसोबास गरिरहेका तथा हाल काठमाडौँमा रहेका सम्पूर्ण अर्मादीवासीहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। साथै, अर्मादी क्षेत्रसँग सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित भई आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा सम्बन्ध सुदृढ गर्न आह्वान गरिएको छ।
२०६९ सालमा स्थापना भएको अर्मादी कल्याणकारी समाजले काठमाडौँमा बसोबास गर्ने अर्मादीखोला क्षेत्रका बासिन्दाहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी अर्मादीखोलाबाट उपचारका लागि काठमाडौँ आउने बिरामीहरूलाई सहयोग गर्ने तथा उपचारकै क्रममा निधन भएका व्यक्तिहरूका परिवारलाई आर्थिक एवं मानवीय सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस संस्थाले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।समाजले विगतमा अर्मादीखोला क्षेत्रका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, आर्थिक रूपमा विपन्न बिरामीहरूलाई सहयोग, विद्यालयका विद्यार्थीहरूलाई झोला तथा कपडा वितरण, साथै स्थानीय समस्या पहिचान र समाधानका लागि अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस्ता गतिविधिहरूले काठमाडौँमा बस्ने अर्मादीखोला बासिन्दा र स्थानीय समुदायबीच सम्बन्ध मजबुत बनाउने काम गरेको छ।कार्यक्रम काठमाडौँस्थित बालाजु बाइसधारा पार्क, स्टल नं। २ मा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा वालिङ नगरपालिका वडा नं। १, २, ३ र ४ बाट काठमाडौँ आई बसोबासगरिरहेका अर्मादीखोला बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।समाजका पदाधिकारीहरूले यस कार्यक्रमले आपसी सद्भाव, एकता र सहयोगको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.