युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
वालिाङ,२५ असोज
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति निर्बन्ध- आख्याजरन ‘वेध’को लोकार्पण गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध– आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्वपूर्ण कृतिको रुपमा आएकोमा आफुलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाई थियो । उहाँले कृति ‘वेध’ पढ्न् पर्ने र गर्व गर्न लायक भएको बताउनुभयो । साथै, `वेध´ प्रयोगका लागि प्रयोग भएको कृति होइन, कठोर साधना र अनुसन्धान पश्चात् लेखिएको कृति हो । निबन्धलाई निर्बन्ध भनिएको पनि होइन, `वेध´ आफ्नो हुुलिया स्पष्ट पार्दै सार्वजनिक भएको सिर्जना हो । नेपाली साहित्यमा `वेध´ विशिष्ट प्रकृतिको सिर्जना भएकोले नपढी सुखै छैन । उहाँको भनाइ रहेको छ । साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडी बढेको बताउदै साहित्यकार एवं स्रष्टाको संरक्षणमा सहयोग गर्ने समेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नु पर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेको समेत बताउनुभयो । साहित्यकार सह- प्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक पन्थ, समालोचक एवं स्रष्टा डा.शंकर प्रसाद गैरे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणविर मावि खहरेका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा लगायतले बोल्नुभएको थियो । युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यसँगै सुसम्पन भएको विशिष्ट साहित्यिक समारोहको अध्यक्षता कृतिकार वसन्त खनालका पिता सूर्य प्रसाद खनालले गर्नुभएको थियोे । कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार एवं स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । साथै, जिल्लामा सक्रिय साहित्यिक संघ संस्थाका मुल कर्तालाई समेत सम्मान गरिएको थियोे । कार्यक्रम वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो । प्रस्तुत कृतिको मूल्य रू. ७५०/- रहेको र सम्पर्क विन्दुको रूपमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जा र काठमाडौँका लागि भुँडीपुराण प्रकाशन गृह बागबजार, देशैभरी वितरणको लागि सम्पूर्ण किताब, भरतपुर, चितवन र स्थानीयको लागि विद्या बुक्स एण्ड स्टेशनरी, नयाँबजार, वालिङ् रहेको व्यहोरा कृतिमा उल्लेखित छ ।






प्रतिक्रिया राख्नुहोस्