सुमन कार्की
पाल्पा,२ साउन
गाईजात्रा प्रहशन समूह पाल्पाले यो वर्ष हुन नसकेको जात्रालाई मध्य नजर गर्दे पाल्पाली नाट्यकला तथा सांस्कृतिक समूहले अशक्त तथा अपाङ्ग वालवालीकाहरुलाई लता कपडा वितरण गरेको छ । लामो समय देखि पाल्पामा गाई जात्राको अघिल्लो दिन निकालिने चुइकी र आज निकालीने गाईजात्रा हांस्य व्यङ्गय प्रशन हुन सकेन । लामो समय देखि निकाल्दै आएको गाईजात्रा हांस्य व्यङ्गय प्रहशन पाल्पाली कलाकारहरुको पाल्पाली नाट्यकला तथा सांस्कृतिक समूहले निकाल्दै आएको थियो । यो पटक कोभिड १९ का कारण जात्रा प्रहशन गर्न नपाएपनि जात्रा निकाल्दा सहयोगी सस्थावाट प्राप्त हुने सहयोग वाट पाल्पामा रहेको सि.वि.आर. सस्थाका १३ जना अपाङ्ग तथा अशक्त वालवालिकाहरुलाई लता कपडा वितरण गरेर उदारणीय काम गरेको छ । हरेक वर्ष निकालीने गाईजात्रा प्रशन्का समूहवाट गरिव,अशक्त असायहरुलाई सहयोग गर्दे आएको र यस पटक पनि जात्रा हुन नसकेपनि केही राहत स्वरुप लताकपडा सि.वी.आर पाल्पामा १३ जनालाई र जिल्लाका विभिन्न ठाउका घरमै वस्दै आएका अशक्तहरु ६ जनालाई वितरण गरेको र आगी वर्षहरुमा पनि सहयोग गर्दे जाने नाट्य समूहका अध्यक्ष किरण चित्रकारले वताउनु भयो । सि.वि.आर पाल्पाका व्यवस्थापक कृष्ण गहतराजले यसरीसंस्थामै आएर १२ जना अशक्तअरुलाई सहयोग गर्दिनु भएको मा खुसी व्यक्त गर्दे आफ्नो सस्थालाई वाहिरी दाताहरु नरहेको वताउनु भयो । अहिले सम्म सस्थालाई व्यक्तिगत सानो सानो सहयोगवाट संचलन भएको जानकारी दिनु भयो । तिन सय वर्ष पुरानो इतिहास वोकेको सास्कृतिक पर्वको रुपमा मनाइने गाईजात्रा लगाएत अन्य जात्राहरु समेत यस पटक कोराना भाईरसको त्रास जताततै रहिरहेको अवस्थाका कारण जिल्लामा जात्राहरु नगर्न जिल्ला प्रशासन कार्यलय पाल्पाले रोक लगाएको छ । कार्यक्रमलाई पाल्पाली नाट्य तथा सास्कृतिक समूहका सचिव कमल भट्राईले आफुहरु यस्तो सस्थाहरुलाई र असाय अशक्तहरुलाई सहयोग गर्न पाउदा आफ्नो संस्थाको लागी पनि गौरवको कुरा भएको वताउदै आगामी दिनहरुमा पनि सहयो गर्दे जाने वताउनु भयो । कार्यक्रममा नाट्य समूहका उपाध्यक्ष विजय बम्डेलले कलाकारीता गर्दे हिड्ने हाँस्य कलाकार आफुहरु मिलेर यस्ता असाय तथा अशक्ततहरुलाई सहयोग गर्न पाउदा सवै कलाकारहरु खुशी भएको वताउदै यस पटकको गाईजात्रा हाँस्य प्रहशन हुन नसकेको र आफुहरु लामो समय देखि पाल्पाली कला संस्कृति जोगाउन लागी परेको भन्दै कला संस्कृति वचाउन सवै मिलेर एक जुट भएर लाग्नु पर्नेमा जोड् दिनु भयो ।