headline 1देशराजनीति

प्रचण्डले आरोपपत्र फिर्ता लिएर निर्वाचनमा भाग लिए पार्टी एकता जोगिन्छ : ईश्वर पोखरेल

माघ १२

काठमाडाैँ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले प्रचण्डले आरोपपत्र फिर्ता लिएर निर्वाचनमा भाग लिए पार्टी एकता जोगिने बताउनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओली समूहका नेता पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले नेकपाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक रहेको बताउनुभयो । निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको उहाको भनाई छ

उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेलले लोकतन्त्रको रक्षाका लागि काठमाडौंमा जनसभा गर्न लागिएको जानकारी पनि दिनुभयो । माघ २३ गते जनसभा गर्ने ओली समूहको तयारी छ ।

बागमती प्रदेश संगठन कमिटीको आयोजनामा काठमाडौँको रत्नपार्कमा गर्न लागिएको जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.